प्रदेश नम्बर ३–प्रदेशसभाको बैठकबाट दुई विधेयक पारित « Khabarhub

प्रदेश नम्बर ३–प्रदेशसभाको बैठकबाट दुई विधेयक पारित


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ ।

पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण गर्न बनेको विधेयक २०७६ रहेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हकसम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राष्ट्रिय वनको संरक्षणसम्बन्धी विधेयक पारित गर्न प्रस्ताव राखेका थिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री जम्मकट्टेलले बैठकमा सूचनाको हकसम्बन्धी दफावार छलफलमा सदस्यले उठाएको जिज्ञासाको जवाफ दिँदै प्रदेशमा सूचनाको हकसम्बन्धी ऐनलाई तत्काल व्यावहारिक र दलगत स्वार्थभन्दा पृथक राखेर सर्वसाधारण नागरिकलाई सुरक्षाको अतिसंवेदनशील विषयबाहेक सबै प्रकारका सूचना प्रवाह गरिने बताए ।

उक्त विधेयकमाथि छलफलमा प्रदेशसभाका सदस्यले सरकारले सूचनाको हकलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शीका साथ व्यावहारिक रुपमा लागू गर्न सुझाव प्रस्तुत गरेका थिए ।

प्रदेशसभाका सदस्य रमेश पौडेल, सीता लामा, रिना गुरुङ, नरोत्तम वैद्य, बलराम पौडेल, कृष्णप्रसाद भुर्तेल, विजया केसी श्रेष्ठ, रीता माझी र रामेश्वर फुयाँलले सूचना हकलाई सर्वसाधारण नागरिकसम्म पहुँच पुर्‍याउन र आदिवासी जनजातिको मातृ भाषामा बुझिने गरी सूचना प्रवाह गर्न कार्यदल बनाउनुपर्ने सुझाव दिएका थिए ।

आजै बसेको बैठकमा शून्य समयमा बोल्ने सदस्यले राष्ट्रिय महत्वको साथै जनतासँग सम्बन्धित सरोकारको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गरी तत्काल कार्यान्वयन गर्न आग्रह गरे ।

उनीहरुले शून्य समयमा भक्तपुर क्यान्सर अस्पतालको दैनिक प्रशासन कार्यमा भक्तपुर नगरपालिकाले बिना कारण हस्तक्षेप गरेको र त्यसका कारण बिरामीका उपचारको लागि चिकित्सक सेवामा अवरोध पुग्न गएकोप्रति प्रदेश सरकारको पनि ध्यान पुग्नुपर्ने तथा भक्तपुर नगरपालिकाले सो अस्पतालको विषयमा यथार्थ सूचना सार्वजनिक गर्न माग गरे ।

उनीहरुले तत्कालीन नेकपा माओवादीबाट सञ्चालित जनमुक्ति सेनालाई हाल अवकास प्राप्त गरेका व्यक्तिलाई परिचयपत्र दिई स्वरोजगारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिए । प्रदेश ३ अन्तर्गत सिमानामा पर्ने जिल्ला र प्रदेश २ को सीमा जोडिएको जिल्लाको सिमानामा दुवै प्रदेशका सरकारहरुको सहमतिमा सिमाना कायम गरी जनतालाई आ–आफ्नो सुविधा अनुसारको उद्योग सञ्चालन गर्न दिनुपर्ने माग गरे ।

प्रदेश नम्बर ३ को सरकारले स्थायी राजधानीको टुङ्गो लागि सकेपछि एकीकृत कार्यालयको स्थापना र सो कार्यालयले प्रदेशको जिल्लामा विकासको पूर्वाधार निर्माण गर्ने वातावरणको सिर्जना गर्न प्रदेशसभा सदस्यले सरकारसँग छिट्टै कार्यदल बनाउन आग्रह गरे ।

शून्य समयमा बोल्ने सदस्य ओमबहादुर घलान, नरेशराज श्रेष्ठ, चेतनाथ सञ्जेल, छिरिङदोर्जे लामा, जगतबहादुर सिंह, नरोत्तम वैद्य, विराजभक्त श्रेष्ठ, न्हुच्छे नारायण श्रेष्ठ, गीता वाग्ले, प्रेमबहादुर पुलामी र दीपक निरौला थिए। अर्को बैठक भोलि बिहीबार बिहान ११ बजे बस्ने छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : ०८ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल