खेलकुदको विकासका लागि राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ : सांसद « Khabarhub

खेलकुदको विकासका लागि राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ : सांसद


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको दफाबार छलफल शुरु गरेको छ ।

समितिले बुधबार विधेयकमाथि संशोधन दर्ता गराउनेहरुसँग छलफल गरेको हो । विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुँदै सांसदहरुले खेलकुद क्षेत्रको वृद्धि विकासका लागि राजनीतिक नियुक्तीलाई बन्द गर्नुपर्ने धारणा राखे ।

संसोधनकर्ता लेखा समितिका सभापति भरतकुमार शाहले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सरकारले नियुक्त गर्ने व्यवस्थाले दक्ष र योग्यभन्दा पनि राजनीतिक कार्यकर्ता नियुक्त हुने भएकाले सो सम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने बताए ।

त्यसैगरी सांसद विन्दा पाण्डेले तहगत रुपमा महिला सहभागिताको सुनिश्चितता गर्नुपर्ने धारणा राखिन् । त्यसैगरी जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीको परिभाषामा स्पष्ट मापदण्ड बनाउनुपर्ने तर्क गरे । सांसद सूर्य पाठकले खेलकुदको नेतृत्व व्यवसायीक व्यक्तिलाई दिने सुनिश्चितता गरिनुपर्ने बताए ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नयाँ ऐनले व्यवहारमा देखिएका समस्या निरुपण गर्दै खेलकुद क्षेत्रका समस्या सम्बोधन गर्ने गरी मार्गदर्शन निर्माण गरिने बताए । उनले खेलकुद क्षेत्रको बृहत्तर हितलाई केन्द्रमा राखेर छलफल गर्न मन्त्रालय सधैँ तयार रहेको बताए ।

राष्ट्रियसभामा उत्पति भएको ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रियसभाले पारित गरेर सुझावसहित प्रतिनिधिसभामा पठाएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : ४० बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले