‘ब्रेक्जिट’को मिति नजिकिँदै गर्दा बेलायती प्रधानमन्त्रीद्वारा संसद् निलम्बन « Khabarhub

‘ब्रेक्जिट’को मिति नजिकिँदै गर्दा बेलायती प्रधानमन्त्रीद्वारा संसद् निलम्बन


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायत युरोपेली युनिया ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटको मिति नजिकिँदै गरेका बेला बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आगामी अक्टोबर १४ सम्मका लागि संसद् निलम्बनको घोषणा गरेका छन् ।

उनले यस विषयमा महारानी एलिजावेथसमक्ष प्रस्ताव गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्रीको हरेक निर्णयलाई औपचारिकता प्रदान गर्न मात्र महारानी समक्ष प्रस्ताव गरिने भएकाले महारानीले पनि उक्त प्रस्तावलाई स्वीकृत गर्ने बताइएको छ ।

ब्रेक्जिटको मिति आगामी अक्टोबर ३१ मा सकिँदै छ । बेलायत इयूसँग कुनै पनि सम्झौता नगरी बाहिरिने विषयमा प्रधानमन्त्री जोनसन लागिपरेको समाचार सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीको जोनसनको अप्रत्याशीत घोषणा आएको हो ।

अर्कोतर्फ प्रधानमन्त्रीको यो कदमबाट सत्तारुरढ पार्टीकै सांसद्हरु पनि चिढिने सम्भावना छ । सांसद्हरुले ब्रेक्जिटका विषयमा संसद्ले आफ्नो लोकतान्त्रिक कार्य गर्न रोक लगाइएको भन्दै चर्को आलोचना गरिरहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ३९ बजे

ट्राफिक प्रहरी कार्यालयलाई ‘सोल्जर लाइट’ प्रदान

रुपन्देही– चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक

निःशुल्क आँखा शिविरबाट २१५ जना लाभान्वित

गण्डकी– नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा  खानेपानीको धारा जडान भएपछि

हिमाली भेगको पीडा- पाँच हजार फिटको हिउँ नाघेर कसरी मत खसाल्ने ?

काठमाडौं – निर्वाचन आउन एक महिना बाँकी छ । निर्वाचन

मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह

झापा– जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट