‘ब्रेक्जिट’को मिति नजिकिँदै गर्दा बेलायती प्रधानमन्त्रीद्वारा संसद् निलम्बन « Khabarhub

‘ब्रेक्जिट’को मिति नजिकिँदै गर्दा बेलायती प्रधानमन्त्रीद्वारा संसद् निलम्बन


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायत युरोपेली युनिया ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटको मिति नजिकिँदै गरेका बेला बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आगामी अक्टोबर १४ सम्मका लागि संसद् निलम्बनको घोषणा गरेका छन् ।

उनले यस विषयमा महारानी एलिजावेथसमक्ष प्रस्ताव गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्रीको हरेक निर्णयलाई औपचारिकता प्रदान गर्न मात्र महारानी समक्ष प्रस्ताव गरिने भएकाले महारानीले पनि उक्त प्रस्तावलाई स्वीकृत गर्ने बताइएको छ ।

ब्रेक्जिटको मिति आगामी अक्टोबर ३१ मा सकिँदै छ । बेलायत इयूसँग कुनै पनि सम्झौता नगरी बाहिरिने विषयमा प्रधानमन्त्री जोनसन लागिपरेको समाचार सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीको जोनसनको अप्रत्याशीत घोषणा आएको हो ।

अर्कोतर्फ प्रधानमन्त्रीको यो कदमबाट सत्तारुरढ पार्टीकै सांसद्हरु पनि चिढिने सम्भावना छ । सांसद्हरुले ब्रेक्जिटका विषयमा संसद्ले आफ्नो लोकतान्त्रिक कार्य गर्न रोक लगाइएको भन्दै चर्को आलोचना गरिरहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै