क्याननले ल्यायो नयाँ मोडलका दुई क्यामेरा, यस्ता छन् विशेषता « Khabarhub

क्याननले ल्यायो नयाँ मोडलका दुई क्यामेरा, यस्ता छन् विशेषता


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापानी क्यामेरा निर्माता कम्पनी क्याननले दुई नयाँ मोडलका क्यामेरा सार्वजनिक गरेको छ । क्याननले इओएस ९०डी र इओएस एम६ मार्क२ सार्वजनिक गरेको हो ।

समान क्षमता भएपनि भिन्नाभिन्नै आकारका यी क्यमेरामा ३२.५ मेगापिक्सलको एपीएस–सी इमेज सेन्सर राखिएको छ । डीआईजीआईसी ८ इमेज प्रोसेसर रहेका यी क्यामेरामा १/१६००० क्षमताको इलेक्ट्रोनिक सटर छ ।

त्यस्तै, यी क्यामेरामा अनक्रप्ड ४ के/३० भिडियो रेकर्डिङ, लाइभ भ्यूमा ५,४८१ सेलेक्टेबल पोइन्ट्स सहित डुअल पिक्सल अटोफोकस सुविधा छन् । दुबै क्यामेरामा वाईफाई, ब्लूटूथ कनेक्टिभिटी र युएसबी–सी समेत जडान गरिएको छ । ९० डी क्यामेरा अन्य मिड रेन्जको डीएसएलआर क्यामेराजस्तै रहेपनि एम६ मार्क२ भने सन् २०१७ मा सार्वजनिक गरिएको एम६ जस्तै छरितो देखिन्छ ।

एम६ मार्क २ मा १४ एफपीएस शुटिङ क्षमता रहेको छ भने ९० डीमा १० एफपीएस छ । यसअघि सन् २०१६ मा सार्वजनिक गरिएको ८० डी क्यामेरामा केबल ७ एफपीएस शुटिङ क्षमता रहेको थियो ।

दुबै क्यामेरा आगामी महिनाबाट उपलब्ध हुने बताइएको छ । ९० डी क्यामेराको मूल्य १,१९९ अमेरिकी डलर तोकिएको छ भने एम६ मार्क २ को मूल्य ८४९.९९ अमेरिकी डलर तोकिएको छ । दुबै क्यामेराका लागि बेग्लै क्यानन लेन्स किट पनि उपलब्ध छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ४८ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा