राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई कार्यकक्षमा हातपात भएको छ । प्रतिष्ठान रजिष्ट्रार प्याकुरेललाई एकजना व्यक्तिले हातपात गरेर कार्यकक्षबाट निकालेका हुन् ।

रजिष्ट्रार प्याकुरेललाई दिउँसो २ बजे कार्यकक्षमै हातपात भएको प्रतिष्ठानकी उपकुलपति डा संगिता भण्डारीले खबरहबलाई बताइन् ।
उनले नेकपाका सदस्य विवेक श्रेष्ठले रजिष्ट्रारमाथि हातपात गरी कार्यकक्ष बाहिर निकालेको बताएकी छन् ।

‘एउटा राजनीतिक ग्रुप कार्यलयमा आएको थियो, दाङको पत्रकार महासंघको अध्यक्षको नेतृत्वमा आएको टोली पनि थियो, नेकपाको सदस्य विवेक श्रेष्ठले कार्यलयको रजिष्ट्रारमाथि हातपात गर्नुभएको छ,’ प्रतिष्ठानकी उपकुलपति भण्डारीले खबरहबसँग भनिन्, ‘म त्यो समयमा कार्यलयमा थिइन्, उहाँहरु आएर रजिष्ट्रार माथि हातपात गरेर जानुभयो रे ।’

रजिष्ट्रार प्याकुरेल माथि हातपात भएको सिसिटिभी फुटेज समेत रहेको प्रतिष्ठानकी उपकुलपति भण्डारीले बताइन् ।

प्रतिष्ठानका रजिष्ट्रारमाथि हातपात भएसँगै प्रतिष्ठानले दिउँसो ४ बजे हातपात गर्ने श्रेष्ठ विरुद्ध जिल्ला प्रहरी कार्यलय दाङमा किटानी जायरी दिएको उपकुलपति भण्डारीको भनाइ छ ।

उनले भनिन्, ‘नेकपाका सदस्य विवेक श्रेष्ठले रजिष्ट्रार माथि हातपात गरेको सिसिटिभि फुटेज हामीसँग छ । सोही सिसिटिभी फुटेजकै आधारमा हामीले प्रहरीमा श्रेष्ठ विरुद्ध किटानी जायरी दिएका छौं ।’

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : २९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु