२० बर्षपछिको संयोग : पितृपक्ष सकिने दिन यसो गरे हुनेछ धनलाभ « Khabarhub

२० बर्षपछिको संयोग : पितृपक्ष सकिने दिन यसो गरे हुनेछ धनलाभ


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज असोज ११ गते शनिबारबाट सोह्र श्राद्ध अन्तर्गतको पितृपक्ष सकिदैछ ।

पूर्णिमाबाट शुरू भएको पितृपक्ष औंशीको दिन सकिन्छ । तर यस पटकको सोह्र श्राद्ध अन्य समयको भन्दा निकै फरक तथा बिषेश संयोग युक्त छ ।

११ गते परेको शनिबार र औंशीको संयोग निकै महत्वपूर्ण मानिन्छ । यस पटकको सोह्र श्राद्धको अन्तिम दिन २०५६ साल यताको सबैभन्दा धनयोगको संयोग बनेको छ । उक्त दिन पवित्र मनले निम्न विधि पूर्वक दिवंगत पितृको बिदाई गरे धनलाभ हुनेछ ।

१. पिपलको पूजा

सोह्र श्राद्धको अन्तिम दिन पिपलको पत्तामा पाच प्रकारका मिठाई राखेर पिपलको पूजा गर्नुपर्छ । सत्य मनबाट पितृको प्रार्थना गरी आफ्नो मनोकामना मनबाटै ब्यक्त गरेमा बिग्रेका सबै काम बन्ने तथा धन प्राप्ति हुने योग हुन्छ ।

२. पशुपक्षीलाई ख्वाउनुस्

असोज ११ गते औसिको दिन ब्राम्हणका साथै गाई, काग, कमिला, कुकुर र बिरालो लगायतका जिवजन्तुलाई भोजन गराएमा पितृ सन्तुष्ट हुनेछन् । विशेष गरी कुकुर र बिरालोलाई सन्तृष्ट हुने गरी भोजन गराएमा पितृ खुसि भई धन प्राप्तीको वरदान दिनेछन् ।

३. निर्धनलाई दान गर्नुस्

सोह्र श्राद्धको अन्तिम दिन निर्धनलाई कालो तिल, नुन, चामल, लगायतको एक छाक भोजन हुने अन्न तथा सामाग्रि र छाता, जूता, वस्त्र दान गरे ठुलो पुण्य मिल्नेछ । धार्मिक आस्था अनुसार आफुले गरेको दान सामाग्री पितृले पाउने विश्वास गरीन्छ । साथै पितृलाई निस्वार्थ भावले गरेको दान कैयौं गुणा बढेर धनको रुपमा पाइने छ ।

४. जल दान

सोह्र श्राद्धको अन्तिम दिन अर्थात शनिबार र औंशीको संयोग परेको दिन मानिसहरुलाई पानि ख्वाउदा पितृ सन्तुष्ट हुने मानिन्छ । पानिमा सख्खर वा गुलियो पर्दाथ मिसाएर तिर्र्खाएका मानिसमा वितरण गरेमा पितृले धनलाभको आर्शिवाद दिनेछन् । पानिको दान महादान मानिन्छ ।

५. दिप बालेर पितृलाई नमन

आउने शनिबार साझँ घर बाहिर वा छतबाट दक्षिण दिशा तर्फ फर्किएर दिप बालि पितृको नाम लिएर नमन गरेमा पितृ खुसि हुने तथा धनधान्यको आर्शिवाद दिने गर्दछन् ।

पितृको प्राथनामा उनको आर्शिवादबाट मात्र आफ्नो सफलता तथा धनयोग भएको भनि पवित्र मनबाट कुनै बस्तुको चाह राखेमा पितृले उक्त बस्तु प्राप्तीको वरदान दिनेछन् ।

स्मरण रहोस् सोह्र श्राद्धको अन्तिम दिन कसैको चित्त दुखाउनु हुदैन । उक्त दिन मनमा पवित्र भाव राखि पितृको नाममा ध्यान लगाई सकेको दान दिनु अनिवार्य छ । २० बर्षपछि धनलाभ हुने दुर्लभ योग यसपटकको शनिबार र औंशी जुधेको दिन अर्थात सोह्र श्राद्धको अन्तिम दिन परेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : १० बजे

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक