महानगरले अब नियमित बजार अनुगमन गर्ने | Khabarhub Khabarhub

महानगरले अब नियमित बजार अनुगमन गर्ने


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले बजार अनुगमन चाडपर्वमा मात्र नभई निरन्तर गर्ने भएको छ ।

चाडपर्वमा मात्रै गर्ने अजार अनुगमनले प्रभावकारी नभएको भन्दै अब एक वर्षको तालिका बनाएर नियमितरुपमा बजार अनुगमन गर्ने जनाइएको छ ।

कामपाले केही दिनदेखि नियमित रुपमा अनुगमन गरिरहेको कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठले) जनाकारी दिइन ।

अनुगमनको क्रममा त्रुटि भेटिए उपभोक्ता हित संरक्षण ऐनबमोजम तत्काल जरिवाना गर्ने व्यवस्था रहेको छ ।

ऐनमा बजार अनुगमन, निरीक्षण, जाँचबुझ, वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल रु पाँच हजारदेखि बढीमा तीन लाखसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ ।

उपप्रमुख श्रेष्ठका अनुसार पूर्वाधार विकास क्रमशः हुँदै जान्छ तर तत्काल सम्बोधन गरिनुपर्ने जनचासोका विषयमा सावधानी अपनाएर काम गर्नुपर्छ ।

नेपालको संविधानको अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ ।

उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु तथा सेवाको गुणस्तर, परिमाण र मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न बजार अनुगमन आवश्यक रहन्छ ।

पछिल्लो केही वर्षयता अनुगमनलाई चाडबाड लक्षित मात्रै गरिँदा प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १० : ५९ बजे

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर