पुल बनेपछि गाउँले खुसी « Khabarhub

पुल बनेपछि गाउँले खुसी


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमक र मोरङको मधुमल्लालाई जोड्ने मावा खोलामा पक्की पुल निर्माण भएको छ । पक्की पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको छ ।

पुल महाशाखा पूर्वी सेक्टर नम्बर १ योजनामार्फत ३० करोड २२ लाख ९२ हजार भ्याटसहितको लगानीमा शर्मा लामा जेभीलाई २०७२ साल असार २९ गते सम्झौता गराई काम शुरु गरिएको थियो । तोकिएको समय सीमाभित्र पुल निर्माण भएपछि वर्षौंदेखिको त्यहाँको मुख्य समस्या हटेको भन्दै स्थानीय बासिन्दा खुशी भएका छन् ।

मावा खोलामा २५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण तोकिएको समयमै सम्पन्न भएपछि त्यसको क्षेत्रमा चहलपहल बढ्न थालेको दमक वडा नम्बर ३ का वडाध्यक्ष नवीन बरालले बताए । उनले मावा खोलामा पुल निर्माण भएपछि वर्षात्मा ज्यान जोखिममा राखेर आवातजावत गर्नुपर्ने बाध्यता सधैँका लागि अन्त्य भएको बताए ।

उनका अनुसार पुल सञ्चालनमा आएपछि झापाको व्यापारिक केन्द्र दमक र मोरङको पुरानो मधुमल्ला बजारबीचको व्यावसायिक कारोवार वृद्धि हुन थालेको छ ।

पुल निर्माणले वर्षात्मा दमकदेखि मधुमल्ला हुँदै मोरङ, इलाम र पाँचथर जिल्लाको चुरे र पहाडी भूभागका विभिन्न क्षेत्रमा आवतजावत गर्न सहज भएको वडाध्यक्ष बराल बताउँछन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १० : ४९ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय