पुल बनेपछि गाउँले खुसी « Khabarhub

पुल बनेपछि गाउँले खुसी


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमक र मोरङको मधुमल्लालाई जोड्ने मावा खोलामा पक्की पुल निर्माण भएको छ । पक्की पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको छ ।

पुल महाशाखा पूर्वी सेक्टर नम्बर १ योजनामार्फत ३० करोड २२ लाख ९२ हजार भ्याटसहितको लगानीमा शर्मा लामा जेभीलाई २०७२ साल असार २९ गते सम्झौता गराई काम शुरु गरिएको थियो । तोकिएको समय सीमाभित्र पुल निर्माण भएपछि वर्षौंदेखिको त्यहाँको मुख्य समस्या हटेको भन्दै स्थानीय बासिन्दा खुशी भएका छन् ।

मावा खोलामा २५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण तोकिएको समयमै सम्पन्न भएपछि त्यसको क्षेत्रमा चहलपहल बढ्न थालेको दमक वडा नम्बर ३ का वडाध्यक्ष नवीन बरालले बताए । उनले मावा खोलामा पुल निर्माण भएपछि वर्षात्मा ज्यान जोखिममा राखेर आवातजावत गर्नुपर्ने बाध्यता सधैँका लागि अन्त्य भएको बताए ।

उनका अनुसार पुल सञ्चालनमा आएपछि झापाको व्यापारिक केन्द्र दमक र मोरङको पुरानो मधुमल्ला बजारबीचको व्यावसायिक कारोवार वृद्धि हुन थालेको छ ।

पुल निर्माणले वर्षात्मा दमकदेखि मधुमल्ला हुँदै मोरङ, इलाम र पाँचथर जिल्लाको चुरे र पहाडी भूभागका विभिन्न क्षेत्रमा आवतजावत गर्न सहज भएको वडाध्यक्ष बराल बताउँछन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १० : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै