क्यान निर्वाचन : ५ प्रदेश सदस्य र १ महिला सदस्य निर्विरोध « Khabarhub

क्यान निर्वाचन : ५ प्रदेश सदस्य र १ महिला सदस्य निर्विरोध



काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । आजको निर्वाचनबाट क्यानले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

नयाँ कार्यसमितिका लागि ५ प्रदेश सदस्य तथा एक महिला सदस्य निर्विरोध चयन भएका छन् । प्रदेश सदस्यतर्फ प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्विरोध निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध चुनिएकी छिन् ।

अध्यक्ष पदमा पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्दले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा र राजुबाबु श्रेष्ठ तथा सचिवमा विनोद कुमार मैनाली र अशोकनाथ प्याकुरेलले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा रोशन कुमार सिंह र उपेन्द्र भट्टराईले उम्मेदवारी दिएका छन् । प्रदेश १ सदस्यमा लाक्पा लामा र कैलाश विष्ट, प्रदेश ३ मा अमित बिर पाण्डे, कैलाश प्रधानले उम्मेदवारी दिएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा अर्जुन पौडेल, बिरेन्द्र वहादुर चन्द, धिरेन्द्र साउद, दुर्गा राज पाठक,जगत बहादुर टमटा, करन महोत्रा छेत्री, माधव कुमार कर्माचार्य, नरेश राणा, पवन कुमार अग्रवाल प्रफुल्ल बैद्य र संजय राज सिंहले उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गर्ने छन् । निर्वाचन कमिटिले मतदानका लागि दिउँसो १ देखि साढे २ बजेको समय छुट्याएको छ । नतिजा घोषणा पौने ४ बजेदेखि ४ बजेसम्म गरिने कार्य तालिकामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १२ : ०३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको