क्यान निर्वाचन : ५ प्रदेश सदस्य र १ महिला सदस्य निर्विरोध « Khabarhub

क्यान निर्वाचन : ५ प्रदेश सदस्य र १ महिला सदस्य निर्विरोध



काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । आजको निर्वाचनबाट क्यानले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

नयाँ कार्यसमितिका लागि ५ प्रदेश सदस्य तथा एक महिला सदस्य निर्विरोध चयन भएका छन् । प्रदेश सदस्यतर्फ प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्विरोध निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध चुनिएकी छिन् ।

अध्यक्ष पदमा पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्दले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा र राजुबाबु श्रेष्ठ तथा सचिवमा विनोद कुमार मैनाली र अशोकनाथ प्याकुरेलले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा रोशन कुमार सिंह र उपेन्द्र भट्टराईले उम्मेदवारी दिएका छन् । प्रदेश १ सदस्यमा लाक्पा लामा र कैलाश विष्ट, प्रदेश ३ मा अमित बिर पाण्डे, कैलाश प्रधानले उम्मेदवारी दिएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा अर्जुन पौडेल, बिरेन्द्र वहादुर चन्द, धिरेन्द्र साउद, दुर्गा राज पाठक,जगत बहादुर टमटा, करन महोत्रा छेत्री, माधव कुमार कर्माचार्य, नरेश राणा, पवन कुमार अग्रवाल प्रफुल्ल बैद्य र संजय राज सिंहले उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गर्ने छन् । निर्वाचन कमिटिले मतदानका लागि दिउँसो १ देखि साढे २ बजेको समय छुट्याएको छ । नतिजा घोषणा पौने ४ बजेदेखि ४ बजेसम्म गरिने कार्य तालिकामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १२ : ०३ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार