क्यान निर्वाचन : भोटिङ सकियो, को बन्ला अध्यक्ष ? « Khabarhub

क्यान निर्वाचन : भोटिङ सकियो, को बन्ला अध्यक्ष ?


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएसँगै मतगणना थालिएको छ ।

शुक्रबार उद्घाटन भएको साधारण सभामा आज निर्वाचन भएको हो । ५९ जना मतदातामा सबैले मतदान गरेका छन् । अहिले मतगणना भइरहेको छ ।

नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्द प्रतिस्पर्धामा छन् । पदाधिकारीमा प्यानलसहित उनीहरु चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

सदस्य पदमा भने प्यानल निर्धारण गरिएको छैन । चन्दको प्यानलमा उपाध्यक्ष पदका लागि राजबाबु श्रेष्ठ, सचिवका लागि अशोकनाथ प्याकुरेल र कोषाध्यक्षका लागि रोशन कुमार सिंहको उम्मेद्वारी परेको छ ।

पाण्डे प्यानलबाट उपाध्यक्षमा मिग्मा दुन्डु शेर्पा, सचिवमा विनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराईको उम्मेद्वारी परेको छ ।

५९ जना मतदाता रहेको क्यानको १७ सदस्यीय कार्यसमितिमा १ जना महिला अनिवार्य भएकाले प्रतिनिधि आएकी जयन्ती भट्ट पहिला नै निर्विरोध भएकी थिइन् । बाँकी १६ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये प्रदेश सदस्यको लागि प्रदेश २, गन्डकी, प्रदेश ५, कर्र्णाली र सुदूरपश्चिम प्रदेशबाट एक एक जनाको उम्मेद्वारी परेकाले उनीहरु निर्विरोध चयन भएका छन् ।

प्रदेश २ बाट मोहम्मद दाउद अन्सारी, गन्डकीबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, कर्णालीबाट पदम बहादुर खड्का र सुदूरपश्चिमबाट विक्रम विष्ट प्रदेश सदस्यमा निर्विरोध भएका हुन् ।

प्रदेश १ र ३ बाट भने सदस्यका लागि दुई दुई जनाको उम्मेद्वारी परेकाले मतदान भएको छ । प्रदेश १ बाट कैशाल विष्ट र लाक्पा लामा तथा प्रदेश ३ बाट अमितवीर पान्डे र कैशाल प्रधानले उम्मेद्वारी दिएका छन् ।

५ जना खुला सदस्यका लागि ११ जनाको उम्मेद्वारी परेको छ । जसमा अर्जुन पौडेल, विरेन्द्रबहादुर चन्द, धिरेन्द्र साउँद, दुर्गाराज पाठक, जगत बहादुर टमाटा, करन महोत्रा क्षेत्री, माधवकुमार कर्माचार्य, नरेश राणा, पवन अग्रवाल, प्रफुल्ल बैद्य र सन्जयराज सिंहले उम्मेद्वारी दिएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  २ : ०६ बजे

फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन जनताको

‘उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र

आहा रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज आभा एफसी र जावलाखेल भिड्ने

पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनलको

भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

चितवन– चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु भएको छ ।

विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो