नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी « Khabarhub

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द विजयी


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् ।

शनिवार सम्पन्न क्यानको निर्वाचनमा चन्दले अध्यक्षका अर्का उम्मेदवार विनयराज पाण्डेलाई पराजित गरेका हुन् । चन्दले ४४ मत पाउँदा पाण्डेले १५ मत पाएका थिए । निर्वाचनमा ५९ मत खसेको थियो ।

सचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् भने कोषाध्यक्षमा रोशन बहादुर सिंह, राजुबाबु श्रेष्ठ विजयी भएका छन् ।

शुक्रबार उद्घाटन भएको क्यानको साधारण सभामा शनिवार नयाँ कार्यसमितिका लागि मतदान भएको थियो । ५९ जना मतदातामा सबैले मतदान गरेका थिए ।

५९ जना मतदाता रहेको क्यानको १७ सदस्यीय कार्यसमितिमा १ जना महिला अनिवार्य भएकाले प्रतिनिधि आएकी जयन्ती भट्ट पहिला नै निर्विरोध भएकी थिइन् । बाँकी १६ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये प्रदेश सदस्यको लागि प्रदेश २, गन्डकी, प्रदेश ५, कर्र्णाली र सुदूरपश्चिम प्रदेशबाट एक एक जनाको उम्मेद्वारी परेकाले उनीहरु निर्विरोध चयन भएका छन् ।

प्रदेश २ बाट मोहम्मद दाउद अन्सारी, गन्डकीबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, कर्णालीबाट पदम बहादुर खड्का र सुदूरपश्चिमबाट विक्रम विष्ट प्रदेश सदस्यमा निर्विरोध भएका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ३ : २३ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको