सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती– मुख्यमन्त्री राउत | Khabarhub Khabarhub

सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती– मुख्यमन्त्री राउत


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताएका छन् ।

शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शनिवार सम्बोधन गर्दै उनले प्रदेशका सबै जिल्ला भारतसँग जोडिएर रहेका र सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताए ।

उनले भने , “सङ्घीयता कार्यान्वयनसँगै सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सुरक्षासंयन्त्र परिचालन गरिए अपराधिक घटना न्यूनीकरण गर्न सकिन्छ ।” मुख्यमन्त्री राउतले सरकारको पहिलो दायित्व नै शान्ति सुरक्षा रहेकाले यसका लागि आ–आफ्नो ठाउँबाट सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

गृहमन्त्रालय र प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा शुक्रबारदेखि चलिरहेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मूलभूत लक्ष्यप्राप्ति र विद्यमान समस्या समाधानका लागि सुरक्षा निकायबीच साझा अवधारणा विकास गर्ने उद्देश्यकासाथ गोष्ठी सञ्चालन गरिएको बताए ।

उनले सबै सुरक्षा निकायका अधिकारीले आपसमा समस्या र राष्ट्रिय सङ्कल्पलाई बुझेर अगाडि बढ्न गोष्ठी सफल हुने विश्वास गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द्र भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईलगायतको सहभागिता थियो ।

गोष्ठीमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको पनि सहभागिता रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ७ : १८ बजे

भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा

भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो 

काठमाडौं– भारत कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ

गण्डकीको बजेट : जलवायु संकटको सन्देश दिन माछापुच्छ्रे संवाद 

पोखरा– गण्डकी प्रदेश सरकारले संकटको सन्देश दिन माछापुच्छ्रे संवाद गर्ने

सासु भत्तामा किर्ते : नरैनापुरका पूर्वअध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाविसका

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा ल्याएको कोशीको बजेटमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ‘स्वच्छ, सुखी