ज्ञानेन्द्र शाहीलाई उपचारका लागि काठमाडौँ पठाइयो « Khabarhub

ज्ञानेन्द्र शाहीलाई उपचारका लागि काठमाडौँ पठाइयो


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा साङ्घातिक आक्रमण भएको छ ।

भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौँ पठाइएको छ । उनको अवस्था खतरामुक्त रहेको मल्लले जानकारी दिए । शाहीले काठमाडौँको अस्पतालमा उपचार गर्न चाहेको बताइएको छ । उनको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा समस्या भएको उनले बताए ।

आक्रमणमा घाइते भएका अन्य दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए । प्रहरी उपरीक्षक मल्लका अनुसार सो क्रममा आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको छ ।

उनीमाथि आक्रमण भएको खबर पाउनासाथ उद्धार गरिएको प्रहरी उपरीक्षक मल्लको भनाइ छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुले चौविसकोठीमा शाहीले सम्बोधन गर्ने गरी गर्न लागिएको कार्यक्रम बिथोलेका थिए ।

झडप हुन सक्ने भन्दै प्रहरीले पनि कार्यक्रम नगर्न आग्रह गरेको प्रहरी उपरीक्षक मल्लले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : ०७ बजे

तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक