ज्ञानेन्द्र शाहीलाई उपचारका लागि काठमाडौँ पठाइयो | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीलाई उपचारका लागि काठमाडौँ पठाइयो


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा साङ्घातिक आक्रमण भएको छ ।

भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौँ पठाइएको छ । उनको अवस्था खतरामुक्त रहेको मल्लले जानकारी दिए । शाहीले काठमाडौँको अस्पतालमा उपचार गर्न चाहेको बताइएको छ । उनको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा समस्या भएको उनले बताए ।

आक्रमणमा घाइते भएका अन्य दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए । प्रहरी उपरीक्षक मल्लका अनुसार सो क्रममा आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको छ ।

उनीमाथि आक्रमण भएको खबर पाउनासाथ उद्धार गरिएको प्रहरी उपरीक्षक मल्लको भनाइ छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुले चौविसकोठीमा शाहीले सम्बोधन गर्ने गरी गर्न लागिएको कार्यक्रम बिथोलेका थिए ।

झडप हुन सक्ने भन्दै प्रहरीले पनि कार्यक्रम नगर्न आग्रह गरेको प्रहरी उपरीक्षक मल्लले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : ०७ बजे

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि