काठमाडौंमा मात्र वार्षिक दुई अर्बभन्दा बढीको ठगी « Khabarhub

काठमाडौंमा मात्र वार्षिक दुई अर्बभन्दा बढीको ठगी



काठमाडौं– काठमाडौंमा विभिन्न बहानामा ठगी गर्ने गिरोह सक्रिय छन् । कहिले कसैको कमजोरीमा टेकेर त कहिले प्रलोभनमा पारेर यो या त्यो अनेक जुक्ती लगाएर स्वार्थसिद्ध गर्ने गिरोह बढेको प्रहरी तथ्याङकबाट देखिएको छ । तथ्याङ्क अनुसार, काठमाडौंबाट मात्र वार्षिक २ अर्ब भन्दा बढी रकम ठगी हुने गरेको देखिन्छ ।

यस्तो छ ठगीको वास्तविकता

गत फागुन ९ गते राति महानगरीय प्रहरी परिसर काठमाडौंले दरबारमार्गको डेजाभु क्लबका सञ्चालकसहित तीनजनालाई ठगीको आरोपमा पक्रियो । पक्राउ पर्नेमा क्लबका सञ्चालक प्रतीक श्रेष्ठ, हवल्दार समीप शिल्पकार र प्रवेश श्रेष्ठ छन् । परिसर प्रवक्ता होविन्द्र बोगटीका अनुसार विश्वराम श्रेष्ठको २ करोड रुपैयाँ नदिई ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । अहिले उनीहरु विरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।

त्यस्तै फागुन १० गते मात्र प्रहरीले काठमाडौंको गोंगबुबाट विदेशी रकम साट्ने बहानामा ठगी गरेको अभियोमा तीनजनालाई पक्रियो । पक्राउ पर्नेमा सिन्धुलीका धर्म सिंह घिसिङ्ग, लालबहादुर घिसिङ्ग र नवलपरासीका उपबहादुर गाहा मगर छन् । उनीहरुले विदेशी रकमको बन्डल भित्र कागज राखि सोझा साझा व्यक्तिलाई ठगी तथा लुटपाट समेत गर्ने गरेको प्रहरीको दाबी छ ।

फागुन १ गते मात्र पनि ६७ जनाबाट झन्डै तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा अधिवक्ता गोपाल शिवाकोटी पक्राउ परे ।

सर्वोच्च अदालतको पूर्व न्यायाधीश पवनकुमार ओझा, अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, भरत कार्कीलगायत ६७ जनाले आफूहरुलाई ठगी गरेको भन्दै उजुरी दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले शिवाकोटीलाई पक्रिएको हो । उनले कन्सल्टेन्सी खोल्न भनेर २ करोड ७६ लाख रुपैयाँ उठाएर ठगी गरेको प्रहरीको भनाइ छ । यी घटना त केही प्रतिनिधीमुलक उदाहारण मात्र हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त पन्तका अनुसार, दिनहुँजसो प्रहरीको ठगीका उजुरी पुग्छन् ।

यस्तो छ ठगीको तथ्याङ्क

ठगी संख्या विगो रकम

आर्थिक बर्ष २०७३/७४–८४८ २,२०,३३,६८,८३४
आर्थिक बर्ष २०७४/७५–४१७ ५२३,०९७,९३३
आर्थिक बर्ष २०७५/७६–१६३ ७४९,१६३,१०८ (पुस मसान्त सम्म)

काठमाडौंमा मात्र वर्षेनी दुई अर्ब भन्दा बढी ठगी

आर्थिक बर्ष २०७३/७४ मा मात्र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा ८ सय ४८ वटा विभिन्न शिर्षकमा ठगीका उजुरी पुगे । ती घटनामा २ अर्व २० करोड भन्दा बढी ठगी भएको रहस्य खुलेको थियो । त्यस्तै २०७४/७५मा ५२ करोड ३० लाख बढी रकम ठगीको उजुरी परेको महाशाखामा चालू आर्थिक बर्षको माघसम्म झण्डै ७५ करोड रकम ठगी गरेको उजुरी पुगेको छ । यसबाहेक महागरीय प्रहरी परिसर काठमाडौंमा पनि उत्तिकै मात्रामा ठगीका उजुरी पुगेका छन् ।

महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंर राठोरका अनुसार, ठगीमा कतिपयले पेशेबर व्यक्ति संलग्न छन् भने कतिपय विदेश पठाइदिने, जग्गा मिलाइदिने, लगाएत बहानामा ठगीरहेका छन् । परिसर प्रमुख वसन्तकुमार लामाका अनुसार, प्रहरीमा दर्ता हुने उजुरी मध्य ९० प्रतिशत हाराहारी त ठगीका मात्र छन् । प्रहरीका अनुसार, ठगीमा केही वकिलदेखि प्रहरीकोसमेत संलग्नता देखिएको छ ।

यस्ता छन् ठगीका रुप

– डलर साट्ने बहानामा ठगी
– ठूलाबडाको नाम भजाएर ठगी
– आधुनिक प्रविधिको दुरुपयोग गर्दै ठगी
– कलबाइपास (भिओआइपी) गरेर ठगी
– सरकारी छाप दस्तखत किर्ते गरेर ठगी
– वैदेशिक रोजगारीका नाममा ठगी
– जागिर लगाइदिने बहानामा ठगी
– भूकम्पपीडितका नाममा ठगी
– ढुकुटी खेलमा ठगी
– बैंकिङ कसुरमा ठगी

यी बाहेक इमेल र इन्टरनेटको माध्यमबाट चिट्ठा सञ्चालन गरेर समेत ठगी गर्नेहरु पनि बढेका छन् । आधुनिक प्रविधिसँगै जोखिम पनि नयाँ ढंगले बढदै गएको छ । यस्ता अपराध अनुसन्धान र नियन्त्रण प्रहरीका लागि पनि टाउको दुखाई बनेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख बसन्तकुमार लामा भन्छन्,‘ठगीबाट प्रहरीको सक्रियता त छँदैछ स्वयम व्यक्ति पनि सतर्क हुनु आवश्यक देखिन्छ ।’

सर्वसाधारण नागरिक कानूनी प्रक्रियाभन्दा बाहिर गएर काम गराउनेको भर पर्दा ठगीले प्रश्रय पाएको प्रहरी निष्कर्ष छ । अनुसन्धान अधिकारीका अनुसार कानूनी प्रक्रियाबाट हुने कामका लागि सर्वसाधारणले पहुँच भएका व्यक्ति खोजी गर्दा ठगी मौलाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : ३० बजे

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज

निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले