ट्रम्पकै निर्देशनमा सम्पूर्ण काम गरेको पूर्व वकिलको दाबी « Khabarhub

ट्रम्पकै निर्देशनमा सम्पूर्ण काम गरेको पूर्व वकिलको दाबी


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले आफूले तत्कालीन रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पकै प्रत्यक्ष निर्देशन र जानकारीमै सम्पूर्ण काम गरेको दाबी गरेका छन् ।

अमेरिकी संसदीय समितिले ६ घण्टा भन्दा बढी सोधपुछका क्रममा कोहेनले ट्रम्पकै योजनामा आफूले गैरकानुनी काम गरेको बताएका हुन् । उनले ट्रम्पले विकिलिक्स वेभसाइटमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनबारे आफ्ना राजनीतिक सहयोगी रोजर स्टोनसंग कुराकानी गरेको बताए । उनले ट्रम्पले चुनावको मुखमा गोप्यता ठाकछोप गर्न ट्रम्पसंग यौन सम्पर्क राखेका २ महिलालाई आफूले ट्रम्पकै निर्देशनमा रकम दिएर ढाकछोप गरेको स्वीकारे ।

उनले ट्रम्प विश्वासयोग्य नभएको तथा नश्लबादी रहेको समेत आरोप लगाए । कोहेनले रुसको राजधानी मस्कोमा ट्रम्प टावर बनाउने बारे डोनाल्ड ट्रम्प जानकार रहेको र आफूले पटक–पटक सो बारे ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनीयर र छोरी इभाङका ट्रम्पसंग समेत कुराकानी गरेको बताएका छन् । कोहेनले निर्वाचनको अभियानका दौरान गैरकानूनी काम गरेको स्वीकार गरेपछि ३ वर्ष कैद सजाय भोगिरहेका छन् । उनले आफूले राष्ट्रपतिबाट क्षमा पाउने आशा नगरेको समेत बताएका थिए ।

राष्ट्रपति ट्रम्पको रुससंगको सम्बन्ध र चुनाबी अभियानका क्रममा भएको गतिविधिलाई छाकछोप गर्न कानुनी प्रक्रिया अबरुद्ध गरे÷नगरेको बारे अनुसन्धान गरिरहेका विशेष अभियोजक रोबर्ट मुलरले अनुसन्धानको बिबरण बुझाउने क्रममा कोहेनको सार्वजनिक सोधपुछ भएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १० : ०२ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण