निर्धारित समय अगावै फर्किए ट्रम्प « Khabarhub

निर्धारित समय अगावै फर्किए ट्रम्प


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँगको दोश्रो शिखर वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्धारित समय अगावै अर्थात २ घण्टा अगाडि नै अमेरिका फर्केका छन् ।

यसअघि स्थानीय समय ६ बजे अमेरिका फर्किने भनिएपनि उत्तर किमसँगको शिखर वार्ता निष्कर्षविहीन भएपछि उनी ४ बज्नुअघि नै अमेरिका फर्किनका लागि एअर फोर्स वान विमान चढेका थिए ।

भियतनामबाट ट्रम्प चढेको एअर फोर्स वान वाशिंटन पुग्नुअघि अलास्काको एङ्करेजमा इन्धन भर्न रोकिने बताइएको छ ।

शिखर वार्ता निष्कर्षविहीन भएपनि शुक्रबारबाट उत्तर कोरियाली सर्वोच्च नेता किमको दुई दिने औपचारिक भियतनाम भ्रमण शुरु हुनेछ । किम भने शनिबार उत्तर कोरियाका लागि रेलमार्गबाट प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ३ : ११ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००