अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनताको रक्षा–नेता गजुरेल « Khabarhub

अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनताको रक्षा–नेता गजुरेल


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिवास– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएको बताएका छन् ।

मोर्चाले शुरु गरेको मेची–महाकाली जागरण अभियानको टोली महोत्तरीको बर्दिवास आइपुग्दा बर्दिवासमा आयोजित खुलासभालाई सम्बोधन गर्दै नेता गजुरेलले यसको अभिभारा संसद्वादी दलहरुले नभई क्रान्तिकारी जनताले मात्र गर्नसक्ने जिकिर गरे ।

“जताततै मुलुकका सीमा मिचिएका छन्, सीमाक्षेत्रमा छिमेकी मुलुकले ठूलठूला ड्याम बनाएर सडक बनाउँदैछ,” गजुरेलले भने, “दुई तिहाइ बहुमतको सरकार र संसद्को प्रमुख प्रतिपक्षी दल ‘तैँ चुप मैँ चुप’ देखिन्छन्, तसर्थ अब मुलुकको स्वाधीनताको रक्षाका लागि जनता आफैँ उठ्नुपर्ने अवस्था आएको हो ।”

अध्यक्ष गजुरेलले फागुन ७ गते पूर्वको झापा, पश्चिमको कञ्चनपुर, गण्डकी प्रदेशको पोखरा र केन्द्रीय राजधानी काठमाडौँबाट एकसाथ शुरु गरिएको मेची–महाकाली राष्ट्रिय जागरण अभियान यही फागुन २१ गते चितवनमा समापन गरिएसँगै नयाँ आन्दोलनको तयारी गरिने बताए ।

सभामा मोर्चाका केन्द्रीय नेता हरिभक्त कँडेल र कृष्णदेव सिंह दनुवारले जनताको जनगणतन्त्रले मात्र राष्ट्रिय स्वाधीनता, जनजीविका र जनताको सुरक्षाको प्रत्याभूति दिनसक्ने जिकिर गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ५ : १६ बजे

धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा

जनकपुरधाम– मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा गत आर्थिक

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा