मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश « Khabarhub

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कुवेत- कुवेत सरकारले देशमा सञ्चालित एक मात्र इरानी विद्यालय बन्द गर्न आदेश दिएको छ। शिक्षा मन्त्रालयका एक स्रोतले बिहीबार एएफपीलाई यसको पुष्टि गरेका हुन्। यो निर्णय मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा इरानबाट कुवेतमाथि पटक–पटक आक्रमण भएको पृष्ठभूमिमा आएको हो।

शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्नुको विस्तृत कारण सार्वजनिक नगरे पनि, इरानी सरकारसँग सम्बन्धित संस्थामाथि सुरक्षा तथा कानुनी आधारमा निगरानी बढाइएको जनाइएको छ। यसअघि पनि क्षेत्रीय तनाव बढेपछि इरानसँग सम्बन्धित विद्यालय तथा स्वास्थ्य संस्थामाथि यस्तै कदम चालिएका थिए।

अमेरिका र इरानबीच भएको युद्धविराम भङ्ग भएपछि पछिल्ला केही सातादेखि कुवेत र बहराइनमा इरानी आक्रमणको प्रभाव बढी परेको बताइएको छ। कुवेतका विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसेलिनेसन) प्लान्टहरूमा पटक–पटक आक्रमण भएपछि गत महिना सरकारले नागरिकलाई विद्युत् बचत गर्नसमेत आग्रह गरेको थियो।

एएफपीले प्राप्त गरेको शिक्षा मन्त्रालयको निर्णयअनुसार शिक्षामन्त्रीले निजी इरानी विद्यालयको शैक्षिक इजाजतपत्र रद्द गर्दै विद्यालय बन्द गर्ने आदेश दिएका छन्। साथै, आगामी शैक्षिक वर्षका लागि नयाँ विद्यार्थी भर्ना स्थगित गरिएको छ र अभिभावकलाई आफ्ना बालबालिकालाई अन्य विद्यालयमा स्थानान्तरण गर्न अनुरोध गरिएको छ।

यसअघि मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) ले दुबईस्थित इरानसँग सम्बन्धित एक अस्पताल बन्द गर्न निर्देशन दिएको थियो। त्यस्तै, कम्तीमा चार इरानी विद्यालय पनि बन्द गरिएका थिए।

त्यतिबेला यूएईका एक अधिकारीले एएफपीसँग कुरा गर्दै इरानी शासन तथा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग प्रत्यक्ष सम्बन्ध रहेका केही संस्थाविरुद्ध लक्षित कारबाही गरिएको बताएका थिए। ती संस्थाले यूएईका कानुन उल्लङ्घन गरेको पाइएको दाबी पनि गरिएको थियो।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ६ : २३ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ