पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा « Khabarhub

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ । कार्यलयका अनुसार अन्य कसुरमा ८०४ सवारी कारबाहीमा परेका छन् । 

त्यसपछि सीसीटीभीमार्फत ८०, रेड लाइट उल्लङ्घनमा ५५, लेन मिच्ने ४४, हर्नको दुरुपयोग गर्ने ४१, वनवे उल्लङ्घन गर्ने ३५, अवस्था ठीक नभएका १८, तीव्र गतिमा चलाएका १० र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका छ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी, सीसीटीभीमार्फत अनुगमन तथा चेकिङलाई थप प्रभावकारी बनाइएको जानकारी दिए। 

उनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रेड लाइट उल्लङ्घन नगर्न तथा सुरक्षित र जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गरे। 
 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ६ : ४७ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस