नंगा पर्वतमा हराइरहेका पर्वतारोहीको खोजी तीब्र | Khabarhub Khabarhub

नंगा पर्वतमा हराइरहेका पर्वतारोहीको खोजी तीब्र


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानी सेनाले मुलुकको हिमालयन क्षेत्रमा रहेको नंगा पर्वत चढ्ने क्रममा हराइरहेका आरोहीको खोजी कार्य तीब्र पारेको छ ।

८ हजार १ सय २६ मिटर उचाईको नंगा पर्वत आरोहण गर्न पाकिस्तान पुगेका इटालीका डानियल नार्डी तथा बेलायती आरोही टम बलार्ड गत आइतबार देखि हराइरहेको पाकिस्तानका लागि इटालियन राजदूत स्टेफानो पोन्टेकोर्भोले जनाएका हुन् । हराइरहेका पर्वतारोहीको खोजीकार्यका लागि पाकिस्तानी सेनाको हेलिकोप्टर प्रयोग भइरहेको जनाइएको छ ।

टम महान् बेलायती पर्वतारोही अलिसन हार्गेभ्सका छोरा हुन् । हार्गेभ्स सन् १९९५ मा अरुको सहाराबिना एक्लै सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी थिइन् ।

हराइरहेका दुबै पर्वतारोही नंगा पर्वत आरोहणका लागि यसअघि हरेक पटक असफल भएको मार्ग भएर शिखरमा पुग्ने क्रममा रहेको बताइएको छ । नंगा पर्वत पर्वतारोहणका लागि सबैभन्दा कठिन हिमाल मानिन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ९ : ३८ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो