चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने « Khabarhub

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मङ्गलबारको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् ।

१८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।

भानुभक्तका समकालीन साहित्यकार मोतीराम भट्टले उनलाई आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षालगायत कृति लेखेका थिए।  

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ११ : ०७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन