बार्सिलोनालाई पछि पार्दै ग्रानडा शीर्ष स्थानमा उक्लियो « Khabarhub

बार्सिलोनालाई पछि पार्दै ग्रानडा शीर्ष स्थानमा उक्लियो


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा ग्रानडा शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनालाई पछि पार्दै ग्रानडा शीर्ष स्थानमा उक्लिएको हो ।

आइतबार राति भएको खेलमा रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गर्दै ग्रानडा शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा अल्भारो भाडिलोले ग्रानडाका लागि निर्णायक गोल गरे । ।

जितसँगै ग्रानडाले बार्सिलोनालाई एक अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो । सन् २०१७ को सिजन घटुवामा पर्दै यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको ग्रानडाले पहिलोपटक ला लिगाको शीर्ष स्थान हासिल गरेको हो ।

ग्रानडाले १० खेलमा २० अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको १९ अंक रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : ४५ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार