पौराणिक कथाका चार प्रसंग– यसरी शुरु भयो तिहार « Khabarhub

पौराणिक कथाका चार प्रसंग– यसरी शुरु भयो तिहार


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

रौनक, सद्भाव, सम्वृद्धि र झिलिमिलीको चाड हो, तिहार । तर के तपाईले कहिल्यै सोच्नु भएको छ, हाम्रा पुर्खाले कहिलेबाट तिहार मनाउन थाले ? यस पावन चाडको शुरूआत कहिलेबाट शुरु भएको होला ।

तिहारलाई दीपावली समेत भनिन्छ । दीप र आवली अर्थात दीपको पंक्ति । तसर्थ दिपावलीको अर्थ लामबद्ध दियो बाली जगमग उज्यालो बनाउनु हो । आउनुहोस्, आज पौराणिक कथा अनुसार तिहारको महात्म्य चर्चा गरौ ।

वनवासबाट राम अयोध्या फर्किदा

रामायणमा उल्लेखित कथा अनुसार भगवान श्रीराम बनवासबाट अयोध्या फर्कदा अयोध्यावासिद्धारा उल्लासमा दीप बालेर रामको स्वागत गरेका थिए । रावणको वध गरी लंकामा जित हासिल गरेर सीता र लक्ष्मणका साथ १४ बर्ष वनवास पछि अयोध्या आगमनमा प्रजाद्धारा दीपावली गरीएको थियो । त्यहिबाट अंधकारलाई पराजय गरी विजय प्राप्त गरी हरेक वर्ष दिपावली मनाउन थालियो ।

धनवन्तरी प्रकट हुँदा

पौराणिक मान्यता अनुसार, सत्ययुगमा पहिलो पटक दीपावली मनाईएको थियो । कार्तिक मासको कृष्ण पक्षको त्रयोदशी तिथिमा समुन्द्र मन्थनको बेला धन्वन्तरी प्रकट भएका थिए । अमृत कलश सहित प्रकट भएका धनवन्तरिको जन्मदिवसका कारण धन्तेरस मनाउन थालियो । त्यसपछि धनकी देवी लक्ष्मी प्रकट भइन् उनको स्वागतमा दीपोत्सव गरीयो र यहि परम्परा बस्यो ।

पाण्डव फर्कदा

दीपावलीलाई पाण्डव फर्केको अवसरमा मानिन थालेको समेत कथा छ । कथा अनुसार पाण्डवहरु घर फर्कदा प्रजाले हर्षाेल्लासमा दिपावली मनाएका थिए ।

पाण्डव पनि वनवासमा थिए,लामो समय वनवासमा रहेका पाण्डव घर फर्कदा खुशीमा दिपावली गरीएको र त्यहिबाट दिपावली मनाउन थालियो ।

श्रीकृष्णले नरकासुरको वध गरेपछि

भगवान श्रीकृष्णले असुर राजा नरकासुरको वध गरेका थिए । कार्तिक मासको कृष्णपक्षको चतुर्दशी तिथिमा नरकासुरको वध भएको थियो । नरकासुरको आतंक र अत्याचारबाट मुक्ति मिलेको दिनको भोलिपल्ट औंसिको दिन गोकुलवासिले दीपोत्सव गरी मनाएका थिए । त्यहिबाट दिपावली शुरु भयो ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : २४ बजे

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?