अमेरिकी राजदूत बेरीले गरे लक्ष्मीपूजा (फोटोफिचर) « Khabarhub

अमेरिकी राजदूत बेरीले गरे लक्ष्मीपूजा (फोटोफिचर)


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा आइतबार लक्ष्मी पूजा गरेका छन् ।

बेरीले आफ्नो निवासमा रंगोली बनाउँदै लक्ष्मी पूजा र कुकुर पूजा गरेका हुन् । उनले तिहारलाई भव्य मनाएका तस्वीरहरु ट्वीटरमा सार्वजनिक गरेका छन् ।

राजदूत बेरीले आफ्नो निवास भित्रको कोठामा पालकमा बत्ती बालेर सबैलाई शुभकामना दिएका छन् ।

‘म मेरो टिमसहित मण्डला बनाउन जुटेको छ । हाम्रो घर अहिले झिलिमिली बत्तीले उज्यालो र रंगीन भएको छ’, उनले ट्वीटरमा भनेका छन्, ‘तपाईंहरु सबैले यो वर्षभरमा शुभेच्छा र आशीर्वाद पाउनुहुनेछ । दीपावलीको अवसरमा सबै नेपालीलाई शुभकामना !’

तस्वीर- राजदूत बेरीको ट्वीटरबाट

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १० : ०६ बजे

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको