भीआईपी जुवा खालबाट पक्राउ परेका ६ जना पुगे सर्वोच्च अदालत « Khabarhub

भीआईपी जुवा खालबाट पक्राउ परेका ६ जना पुगे सर्वोच्च अदालत


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार बिहान काठमाडौंको महाराजगञ्ज (पिपलमार्ग)बाट पक्राउ परेका २५ जना ‘भीआईपी’ जुवाडेमध्ये ६ जनाले सर्वोच्च अदालत गुहारेका हुन् ।

पक्राउ परेकामध्ये ६ जनाका आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै आइतबार दिउँसो नै सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

तिहारको विवादका समयमा बन्दी प्रत्यक्षीकरण लगायत रिटको सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा एकल इजलाश तोकिएको छ ।

प्रहरीको जुवा अपरेशनका क्रममा पक्राउ परेकामध्ये ६ जनाका आफन्तले आइतबार दिउँसो बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले खबरहबलाई जानकारी दिए ।

ढकालका अनुसार बन्द्रीय प्रत्यक्षीकरणको रिट दायर गर्नेमा बलराम सापकोटा (बले), पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामा छन् ।

रिट दायर गर्नेमध्येका बले भनिने बलराम सापकोटा गुण्डा नाइकेको रुपमा चर्चित छन् । यस्तै, पवित्रकुमार कार्की एयर डाइनेस्टीका एमडी हुन् भने विक्रम गौतम जुवा अड्डा सञ्चालन रहेको घरका मालिक हुन् । गौतम जुवा अड्डा चलाउने व्यक्ति तथा मिनी क्यासिनोका सञ्चालक रहेका प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश भण्डारीको इजलाशले आइतबार ६ जनालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेशानुसार सोमबार दिउँसो उनीहरुलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान महाराजगञ्जको पिपलमार्गबाट २५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँ बराबरको बैंक चेक, कौडा र चेक बूक बरामद गरेको थियो ।


प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १२ : ४६ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल