भीआईपी जुवा खालबाट पक्राउ परेका ६ जना पुगे सर्वोच्च अदालत « Khabarhub

भीआईपी जुवा खालबाट पक्राउ परेका ६ जना पुगे सर्वोच्च अदालत


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार बिहान काठमाडौंको महाराजगञ्ज (पिपलमार्ग)बाट पक्राउ परेका २५ जना ‘भीआईपी’ जुवाडेमध्ये ६ जनाले सर्वोच्च अदालत गुहारेका हुन् ।

पक्राउ परेकामध्ये ६ जनाका आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै आइतबार दिउँसो नै सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

तिहारको विवादका समयमा बन्दी प्रत्यक्षीकरण लगायत रिटको सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा एकल इजलाश तोकिएको छ ।

प्रहरीको जुवा अपरेशनका क्रममा पक्राउ परेकामध्ये ६ जनाका आफन्तले आइतबार दिउँसो बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले खबरहबलाई जानकारी दिए ।

ढकालका अनुसार बन्द्रीय प्रत्यक्षीकरणको रिट दायर गर्नेमा बलराम सापकोटा (बले), पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामा छन् ।

रिट दायर गर्नेमध्येका बले भनिने बलराम सापकोटा गुण्डा नाइकेको रुपमा चर्चित छन् । यस्तै, पवित्रकुमार कार्की एयर डाइनेस्टीका एमडी हुन् भने विक्रम गौतम जुवा अड्डा सञ्चालन रहेको घरका मालिक हुन् । गौतम जुवा अड्डा चलाउने व्यक्ति तथा मिनी क्यासिनोका सञ्चालक रहेका प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश भण्डारीको इजलाशले आइतबार ६ जनालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतको आदेशानुसार सोमबार दिउँसो उनीहरुलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान महाराजगञ्जको पिपलमार्गबाट २५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँ बराबरको बैंक चेक, कौडा र चेक बूक बरामद गरेको थियो ।


प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १२ : ४६ बजे

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि