दोबिल्ला टू फलेवास सरसर गाडी चल्ने भो... | Khabarhub Khabarhub

दोबिल्ला टू फलेवास सरसर गाडी चल्ने भो…


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वतखुसी हुने भो, दोबिल्ला टू फलेवास सरसर गाडी चल्ने भो… 

फलेवासका भजन समूहले आइतबार गाएको भजनको एक टुक्का हो ।

वर्षौंदेखि पक्की सडकको प्रतीक्षा गरेका देवीस्थानस्थित तल्लो फलेवासका बासिन्दाका लागि आइतबारको दिन महत्वपूर्ण थियो । आफ्नो ठाउँमा बन्न लागेको मल्याङ्गदी खोलादेखि मुडिकुवा, फलेवास ढिक हुँदै चन्दनी पुग्ने कालोपत्र सडकको शुभारम्भ कार्यक्रममा खुशियालीमा भजन पनि बाटो र विकासकै सन्दर्भमा गाएका हुन् ।

बाजागाजा, झाँकी र भजनसहित उपस्थित भएका फलेवासवासीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितका अतिथिलाई भव्य स्वागत गरे, खुशियालीमा मज्जाले नाचे र आफ्नो खुशी यसरी गीतबाट पनि पोखेका थिए । पर्वतलगायतका क्षेत्रमा चुड्का र भजन लोकप्रिय छ । विकास र समृद्धिका कुरा भजनबाटै व्यक्त भएपछि मुख्यमन्त्री गुरुङ, सांसद पदम गिरी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, गण्डकी प्रदेशकै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसहितका अतिथि फलेवास नगरवासीको मीठो स्वागतमा मुस्काइरहेको देखिन्थ्यो ।

विसं २०५७ मा नै ट्र्याक खुलिसकेको र एक दशकअघि ग्राभेल भएको दोबिल्ला फलेवास सडकको कुस्मा नगरपालिकाको सिमाना मल्याङ्गदी खोलासम्म कालोपत्र भइसकेको छ । फलेवास शुरु भएपछि एक हजार ४०० मिटर कालोपत्रका लागि तयारी भएपछि कार्यान्वयन गर्ने निकायको अन्योलताका कारण ग्राभेल गरेर सडक त्यसै थन्किएको छ । यस वर्ष गण्डकी प्रदेश सरकारको रणनीति सडकअन्तर्गत मल्याङ्गदीदेखि चन्दनीसम्मको झण्डै १० किलोमिटर सडक कालोपत्र गर्ने कार्य शुरु भएको छ । दुई वर्षमा काम सक्ने गरी रु २६ करोड ५१ लाखमा प्यासिफिक/फेवा जेभीले सडक कालोपत्र गर्ने जिम्मा लिएको छ । आठ मिटर चौडा सडकमध्ये ५.५ मिटर सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले बताउनुभयो ।

नगरपालिका घोषणा हुँदा एक किलोमिटर पनि कालोपत्र सडक नभएको फलेवासमा पछिल्लो समय सडक कालोपत्र गर्ने, चौडा गर्ने काम धमाधम भइरहेको छ । गएको वर्षसम्म झण्डै १० किमी सडक कालोपत्र भइसकेको छ भने यस वर्ष कालोपत्रका धेरै योजना शुरु भएका छन् । मल्याङ्गदी खोलादेखि चन्दनीसम्मको सडक नगरपालिकाको सेन्टर चक्रपथ अन्तर्गतको सडक हो । यो सडक कालोपत्र गरिएपछि फलेवासको एउटा महत्वपूर्ण सडक कालोपत्रे गर्ने योजना सफल भएको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो ।

सडकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलन्यास गरे । उनले यो सडक महत्वपूर्ण सडक भएको बताउँदै समयमा नै गुणस्तरीय काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए । प्रदेशको राजधानी पोखराबाट हरेक स्थानीय तहमा पुग्ने सडक कालोपत्र गर्ने, रणनीतिक महत्वका सडकहरु निर्माण गर्ने र करिडोर र लोकमार्गहरु सम्पन्न गरेर पूर्वाधारमा सबैभन्दा अगाडि बनाउने योजना प्रदेश सरकारको रहेको पनि बताए ।

सङ्घीय संसद् प्रतिनिधिसभाका सदस्य पदम गिरीले निर्वाचनमा आउँदा जनताले धुले सडकलाई कालोपत्र गरिदिनुपर्ने प्रमुख माग राख्दै आएको र यस पटक जनताको चाहना पूरा गरेरै छाडिने प्रतिबद्धता जनाएका थिए । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बस्नेतले पर्वत जिल्लामा मात्रै सङ्घीय सरकारबाट ११ वटा र प्रदेश सरकारबाट ४१ वटा गरी ५२ वटा सडकमा बजेट विनियोजन भएको उल्लेख गर्दै पर्वत जिल्ला भौतिक पूर्वाधारमा अब्बल बन्ने बताए ।

गण्डकी प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लम्सालले दोबिल्ला फलेवास सडकको बाँकी खण्ड पनि कालोपत्र भएपछि वर्षौंदेखिको योजना र सपना पूरा भएको बताउँदै आफूलाई तल्लो फलेवासमा विकास गरेन भनेर लगाउने आरोपबाट पनि मुक्ति पाएको सुनाए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १ : ३८ बजे

रविलाई म्याद थपका लागि कास्की अदालतमा लगियाे

पोखरा– सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८

स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह

जुम्ला– जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री

चिकित्सकको अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

महोत्तरी– चिकित्सकको अभावमा महोत्तरीस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ

तरकारी तथा फलफूलको आजको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि