चीनमा ६७ वर्षीया महिलाले जन्माइन् बच्चा, बनिन् देशकै सबैभन्दा बुढी आमा « Khabarhub

चीनमा ६७ वर्षीया महिलाले जन्माइन् बच्चा, बनिन् देशकै सबैभन्दा बुढी आमा


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ ।

झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया गरी सकुशल स्वस्थ बच्चा जन्मिएको अस्पतालले जनाएको छ । ती महिलाका पतिको उमेर पनि ६८ वर्षको छ । दुबैले नवजात शिशु ईश्वरको वरदान रहेको भन्दै खुशी व्यक्त गरेका छन् ।

जिनान टाइम्सका अनुसार यस दम्पतीको यसअघि दुई सन्तान थिए । चीनमा एक सन्तान नीति घोषणा हुनुभन्दा दुई वर्षअघि सन् १९७७ मा पछिल्लो छोरा जन्मिएका थिए ।

सन् २०१६ मा चीनले एक सन्तान नीतिमा पुनरावलोकन गरेको छ, र अब दुई सन्तान जन्माउन पाउने व्यवस्था गरेको छ ।

चीनमा पछिल्ला केही वर्षदेखि महिलाहरुले ढिलो गरी बच्चा जन्माउने वा बच्चा नै नजन्माउने प्रवृत्ति बढ्दै गएको छ । परिवार नियोजनका कडा नियमहरुका कारण पनि सानो परिवारप्रति धेरै व्यक्ति आकर्षित भइरहेको अध्ययनहरुले देखाएका छन् ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले यसै वर्ष प्रकाशन गरेको प्रतिवेदनमा सन् २००६ मा औसत चिनियाँ महिलाले २४ वर्षको उमेरमा बच्चा जन्माउने गरेकामा सन् २०१६ मा २७ वर्षमा पहिलो सन्तान जन्माउन थालेको उल्लेख छ ।

सन् २०१७ मा करिब ५१ प्रतिशत नवजात शिशु दोस्रो सन्तान थिए जबकी सन् २०१६ मा करिब ४० प्रतिशतले दोस्रो सन्तान जन्माएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ४ : ०५ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको