सर्वोच्च पुगेका ‘भीआईपी जुवाडे’को हिरासतमुक्त हुने योजना असफल « Khabarhub

सर्वोच्च पुगेका ‘भीआईपी जुवाडे’को हिरासतमुक्त हुने योजना असफल


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुवा खेल्दा खेल्दै पक्राउ परेर रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट मार्फत सर्वोच्च अदालत गएका ६ जना पुनः हिरासतमै बस्नुपर्ने भएको छ ।

आइतबार बिहान काठमाडौंको महाराजगञ्ज (पिपलमार्ग)बाट पक्राउ परेकामध्ये ६ जनाले आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै आइतबार दिउँसो सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तर, रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम मण्डारीको इजलाशले ६ जनालाई २४ घण्टाभित्रै अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशानुसार प्रहरीले ६ जनालाई सोमबार दिउँसो २ बजे सर्वोच्चमा उपस्थित गराएको थियो । तर, सर्वोच्च अदालतले ‘नभ्याइएको’ भन्दै ६ जनाको रिटमाथि सोमबार कुनै आदेश जारी गरेन ।

अदालतले कुनै आदेश जारी नगरेपछि ६ जनालाई पुन: हिरासत फर्काइएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार प्रहरीको जुवा अपरेशनका क्रममा आइतबार बिहान पक्राउ परेकामध्ये ६ जनाका आफन्तले आइतबार दिउँसो सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

सो रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले ६ जनालाई नै २४ घण्टाभित्र उपस्थित गराउन भनेको थियो । तर, सोमबार ‘नभ्याइउपछि’ उनीहरुलाई पुनः बुधबार अदालतमा उपस्थित गराउन भनिएको छ ।

अदालतले ६ जनालाई बुधबार ११ भित्रै उपस्थित गराउन भनेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख एसएसपी उत्तम सुवेदीले खबरहबलाई जानकारी दिए ।

प्रहरीको जुवा अपरेशनका क्रममा पक्राउ परेकामध्ये बलराम सापकोटा ९बले०, पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामाले बन्द्रप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

रिट दायर गर्नेमध्येका बले भनिने बलराम सापकोटा गुण्डा नाइकेको रुपमा चर्चित छन् । यस्तै, पवित्रकुमार कार्की एयर डाइनेस्टीका एमडी हुन् भने विक्रम गौतम जुवा अड्डा सञ्चालन रहेको घरका मालिक हुन् । गौतम जुवा अड्डा चलाउने व्यक्ति तथा मिनी क्यासिनोका सञ्चालक रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान महाराजगञ्जको पिपलमार्गबाट २५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँ बराबरको बैंक चेक, कौडा र चेक बूक बरामद गरेको थियो ।


प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ५ : ०३ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ