गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला | Khabarhub Khabarhub

गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा सोमबार लोपोन्मुख प्रजातिको सालक फेला परेको छ ।

फेला परेको सालक भारतीय प्रजातिको भएको डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए । नेपालमा भारतीय र चिनियाँ गरी दुई प्रजातिको सालक पाइने उनको भनाइ छ ।

“आज फेला परेको सालक तामे सालक हो । यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने । सालकको आहारा कमिला, धमिरालगायतका कीरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने बल्छौडीले बताए ।

लोपोन्मुख प्रजाति मानिने सालकको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी शिकार गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने बल्छौडीले जानकारी दिए ।

नेपाली सेनाको रणसिंह दल गण गोरखाले उद्धार गरी डिभिजन वन कार्यालय गोरखामा बुझाएको सो सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको छ ।

नगरपालिकाको बोरकलोक फाँटको एक गोठमा फेला परेको सालकलाई उद्धार गरी डिभिजन वन कार्यालय गोरखालाई बुझाइएको गणपति उज्वल केसीले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ९ : ०८ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको