'ए' डिभिजन लिग फुटबलको खेल तालिका आज सार्वजनिक हुने | Khabarhub Khabarhub

‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका आज सार्वजनिक हुने


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका आज (शुक्रबार) सार्वजनिक हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर अन्तिम साताबाट शुरु हुने लिगको खेल तालिका शुक्रबार दिउँसो सार्वजनिक गर्ने जनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजेपछि खेल तालिका सार्वजनिक गरिने छ ।

‘ए’ डिभिजन लिग मंसिर २८ गतेबाट सुरु हुनेछ । रेलिगेसनसहितको हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका लागि १४ क्लबले १८/१८ खेलाडी दर्ता समेत गराईसकेको एन्फाले जनाएको छ ।

एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।

यस्तै एन्फाले एन्फा कम्प्लेक्सको गेट अगाडी निर्माण गरिएको पार्कको उद्घाटन समेत शुक्रबार गर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ५ : ३४ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक