योजनाबद्ध विकासलाई अघि बढाउँछु : मन्त्री नेम्वाङ « Khabarhub

योजनाबद्ध विकासलाई अघि बढाउँछु : मन्त्री नेम्वाङ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाइने बताएका छन् ।

पूर्वाधार निर्माणमा छिटोभन्दा छिटो उल्लेख्य प्रगति आवश्यक रहेको भन्दै उनले यसका लागि योजनाबद्ध रुपमा विकास गरिने उल्लेख गरे ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पाँचथर पुगेका मन्त्री नेम्वाङले कार्यकर्तासँगको भेटघाटमा सानादेखि ठूलासम्म योजना अघि बढाउने दायित्व आफ्नो भएको बताए ।

नागरिकको सहजतालाई प्राथमिकतामा राखेर काम अघि बढाइने उनले स्पष्ट पारे । मन्त्री नेम्वाङले भने, ‘नागरिक र पार्टीको अपेक्षा तथा दिशा निर्देशअनुसार कुनै कसर बाँकी नराखी कामलाई अघि बढाउँछु ।’

सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभिभारा पूरा गर्न धेरै चुनौती र अप्ठ्यारा रहेको बताउँदै मन्त्री नेम्वाङले यो कार्यमा सरकारलाई सहयोग गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ६ : ३० बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना