जङ्गली हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु « Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ ।

झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला जङ्गली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीय जलथल जङ्गलबाट हात्ती गाउँतिर नपसोस् भनेर गरिएको विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई गए राति ७ बजे हात्तीले आक्रमण गरेको थियो ।

मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पुर्‍याएपछि स्थानीयवासीले घटना थाहा पाएका थिए । मृतकलाई घेरेर बसेको हात्तीलाई तत्कालै डिभिजन बन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट परिचालित सुरक्षाकर्मीले जङ्गलतिर लखेटेको थियो । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको छ ।

झापामा दुई दिन अघि प्रगति सामुदायिक वनमा लुकेर बसेको जङ्गली हात्तीले मेचीनगर–१२ का १९ वर्षीय सुशील गजमेरलाई सडकमा हिँडिरहेका बेला आक्रमण गरी सख्त घाइते बनाएको थियो । सो आक्रमणमा चार वटा करङ भाँचिएका गजमेरको चारआलीस्थित मनकामना हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : ४२ बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना