विकास निर्माणका काम गर्न बजेट माग्दै स्थानीय सरकार « Khabarhub

विकास निर्माणका काम गर्न बजेट माग्दै स्थानीय सरकार


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- विकास निर्माणका काम बजेट अभावले पूरा गर्न मुस्किल भएपछि जाजरकोटका जनप्रतिनिधि सङ्घीय सरकारको ढोका घचघच्याउन बाध्य भएका छन् ।

जिल्लाका स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सडक निर्माण गर्नका लागि स्थानीय तहका प्रमुख सङ्घीय सरकारसँग बजेट माग गरेका हुन् । स्थानीय तहले काम तीव्रताका साथ गर्नका लागि बोलपत्र आह्वान गरिसकेको तर सङ्घीय सरकारले पठाउनुपर्ने बजेट नपठाउँदा काम अवरुद्ध भएपछि उनीहरु बजेट माग्न काठमाडौँ आएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।

रावलका अनुसार नलगाड नगरपालिका वडा नं १, ४, ५, ६, ९, १० र १२ मा निर्माण हुन लागेका स्वास्थ्य संस्थामा बजेट नहुँदा निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

त्यस्तै सिँचाइ गर्नका लागि छनोटमा परेका योजनामा बजेट सङ्घीय सरकारले नपठाउँदा काम अगाडि बढाउन नसकिएको रावलले बताए । खेलकूद मन्त्रालयले बजेट नपठाउँदा नलगाड–८ मन्मैस्थित रङ्गशाला निर्माणको काम अवरुद्ध हुँदै आएको छ । त्यस्तै सडक, खानेपानी निर्माणका लागि बजेट पर्याप्त नभएकाले माग गर्न सङ्घीय सरकारसँग अनुरोध गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए।

अधिकार दिने तर पैसा नदिने परिपाटीले गर्दा काम गर्न समस्य हुँदै आएको उनको भनाइ छ । त्यस्तै भेरी नगरपालिकाले कालिकामा निर्माण गर्न लागेको दृष्यावलोकनमा बजेट नहुँदा काम सञ्चालन हुन नसकेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए।

पटक, पटक ताकेता गर्दा पनि बजेट नगरपालिकामा नजाँदा काम शुरु गर्न नसकिएको उनले बताए । तीन दिनसम्म काठमाडौँ बस्दा पनि स्वास्थ्यमन्त्रीलाई भेट्न नसकिएको उनको गुनासो छ ।

ऊर्जामन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आएकै दिन भेट्न पाएका जनप्रतिनिधिले स्वास्थ्यमन्त्रीलाई भने तीन दिनसम्म भेट गर्न नपाएको गुनासो गरेका छन् ।

खानेपानीमन्त्री वीना मगरलाई वन मन्त्रालयमै भेट भए पनि अन्य मन्त्री भेट्न मुस्किल भएको गुनासो स्थानीय तहका प्रमुखले गरेका छन् । वनमन्त्री र ऊर्जामन्त्रीले जाजरकोट मङ्सिर १७ गते भ्रमण गरेर थप योजना र गुनासो सम्बोधन गर्ने बताएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : ५५ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी