८ किलोग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ « Khabarhub

८ किलोग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ : ४० बजे पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलश थापा क्षेत्रीले नियमित चेकजाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अरु हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ८ : ५३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति