वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई सिमकार्ड सित्तैमा « Khabarhub

वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई सिमकार्ड सित्तैमा


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले निःशुल्क रुपमा जिएसएम सिमकार्ड सित्तैमा पाउने भएका छन् ।

बिहीबार राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसंचार संस्थाबीच बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निःशुल्क रुपमा जिएसएम सिमकार्ड उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जिएसएम सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने छ ।

कार्यक्रममा बैंकका सीईओ किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताएका छन् । उनले आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने बिचार व्यक्त गरेका छन् । एनटीसीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले दुबै संस्थाको यो व्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने बताएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ४६ बजे

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै

रौतहटमा आज रातिदेखि नै मतगणना गरिने

रौतहट – रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य

सुदूरपश्चिममा ४८ प्रतिशत मत खस्यो, धमाधम मतपेटिका संकलन गरिँदै

सुदूरपश्चिम – प्रतिनिधिसभा सदस्यको आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा झन्डै