अयोध्याबाट आएका रामका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरमा « Khabarhub

अयोध्याबाट आएका रामका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरमा


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी छिन् ।

नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति जनकपुरधाम पुगेकी हुन् ।

जनकपुरस्थित संघीय प्रहरी इकाइको कार्यालय परिसरमा हेलिकप्टरबाट अवतरण गरेसँगै राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि राष्ट्रपति भण्डारी भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुसन्तको जन्तीलाई स्वागत तथा सम्बोधन गर्न ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा पुग्ने कार्यक्रम रहेको छ ।

धार्मिक एवं सांकृतिक पर्वको रूपमा रहेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन प्रत्येक ५ वर्षमा एकपटक अयोध्याबाट साधुसन्त रामको जन्ती बनेर जनकपुर आउने गर्छन् ।

मंसिर १५ गते आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागी हुन यस वर्ष पनि अयोध्याबाट संयौको संख्यामा साधुसन्तको जन्ती बिहीबार जनकपुर आइपुगेको छ ।

राष्ट्रपतिबाट जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णबले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : २३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति