किन रिसाउँछिन् कंगना? खुलाइन् कारण « Khabarhub

किन रिसाउँछिन् कंगना? खुलाइन् कारण


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावत आजभोलि फिल्म ‘थलाइवी’ को शूटिङमा व्यस्त छिन् । जुन फिल्म पूर्व मुख्यमन्त्री जय ललिताको जीवनीमा आधारित छ ।

फिल्मको प्रोमो केही समयअघि देखाइएको थियो । दर्शकले यसलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कंगना सामाजिक सञ्जालमा छैनिन् । उनको टिमले सामाजिक सञ्जालमा चलाउने गर्छ । तर कंगनाले खुलासा गरेकी छिन् कि, उनले फेक खाता चलाउने गर्छिन् ।

उनका अनुसार उनले फेक एकाउन्टबाट कसैलाई फलो गर्दिनन् । तर, समय हुँदा दिनमा ८ घण्टासम्म पनि सामाजिक सञ्जाल चलाउँछिन् ।

साथै कंगनाले अर्को एक आदतका बारेमा पनि खुलासा गरेकी छिन् । कंगनाको प्रायः मिडियासँग झगडा हुन्छ । यसअघि त एक फिल्मको प्रदर्शनअघि पत्रकारले कंगनालाई बहिष्कार नै गरेका थिए ।

कंगनाले भने टिमको अझ राम्रो होस् भनेर आफू रिसाउने गरेको बताएकी छिन् । उनले भनिन्, ‘जब मैले घर छोडेँ, यसका लागि थिएन कि, मैले आमाबुबालाई चोट पुर्‍याउन सकुँ, मसँग एक भिजन थियो, योजना थियो ।’

उनी आफू सधै तल गिर्दै जाने कामको विरुद्धमा रहेको र यसले कसैको वृत्तिमा पनि विकास नहुने बताइन् ।

बलिउडमा कंगनालाई खरो बोल्ने अभिनेत्रीका रुपमा लिने गरिन्छ । पछिल्लो समय उनको अभिनय रहेको फिल्म ‘जजमेन्टल है क्या’ प्रदर्शनमा आएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : १९ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले