किन रिसाउँछिन् कंगना? खुलाइन् कारण « Khabarhub

किन रिसाउँछिन् कंगना? खुलाइन् कारण


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावत आजभोलि फिल्म ‘थलाइवी’ को शूटिङमा व्यस्त छिन् । जुन फिल्म पूर्व मुख्यमन्त्री जय ललिताको जीवनीमा आधारित छ ।

फिल्मको प्रोमो केही समयअघि देखाइएको थियो । दर्शकले यसलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कंगना सामाजिक सञ्जालमा छैनिन् । उनको टिमले सामाजिक सञ्जालमा चलाउने गर्छ । तर कंगनाले खुलासा गरेकी छिन् कि, उनले फेक खाता चलाउने गर्छिन् ।

उनका अनुसार उनले फेक एकाउन्टबाट कसैलाई फलो गर्दिनन् । तर, समय हुँदा दिनमा ८ घण्टासम्म पनि सामाजिक सञ्जाल चलाउँछिन् ।

साथै कंगनाले अर्को एक आदतका बारेमा पनि खुलासा गरेकी छिन् । कंगनाको प्रायः मिडियासँग झगडा हुन्छ । यसअघि त एक फिल्मको प्रदर्शनअघि पत्रकारले कंगनालाई बहिष्कार नै गरेका थिए ।

कंगनाले भने टिमको अझ राम्रो होस् भनेर आफू रिसाउने गरेको बताएकी छिन् । उनले भनिन्, ‘जब मैले घर छोडेँ, यसका लागि थिएन कि, मैले आमाबुबालाई चोट पुर्‍याउन सकुँ, मसँग एक भिजन थियो, योजना थियो ।’

उनी आफू सधै तल गिर्दै जाने कामको विरुद्धमा रहेको र यसले कसैको वृत्तिमा पनि विकास नहुने बताइन् ।

बलिउडमा कंगनालाई खरो बोल्ने अभिनेत्रीका रुपमा लिने गरिन्छ । पछिल्लो समय उनको अभिनय रहेको फिल्म ‘जजमेन्टल है क्या’ प्रदर्शनमा आएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : १९ बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र