वीर्य सङ्कलन गरिने विश्वकै पहिलो वीर्य ब्याङ्क न्यूजील्यान्डमा खुल्यो « Khabarhub

वीर्य सङ्कलन गरिने विश्वकै पहिलो वीर्य ब्याङ्क न्यूजील्यान्डमा खुल्यो


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एचआईभी पोजिटिभ मानिसहरूले दान गरेको वीर्य सङ्कलन गरिने विश्वकै पहिलो वीर्य ब्याङ्क न्यूजील्यान्डमा स्थापना भएको छ । उक्त ब्याङ्कलाई आफ्नो शुक्रकीट उपलब्ध गराउने तत्परता देखाउँदै तीन जनाले हस्ताक्षर गरेका छन् ।

उनीहरूको शरीरमा पत्ता लगाउन नसकिने मात्रामा एचआईभी छ। त्यसको अर्थ उनीहरूको रगतमा निकै न्यून सङ्ख्यामा विषाणु छन् जुन यौन सम्बन्ध गर्दा वा बच्चा जन्माउँदा सर्दैन ।

उक्त ब्याङ्कको उद्देश्य एचआईभी सङ्क्रमणबारे विद्यमान गलत धारणासँग सङ्घर्ष गर्नु रहेको बीबीसीले जनाएको छ ।

डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसभन्दा अघि तीनवटा परोपकारी संस्थाले ‘स्पर्म पोजिटिभ’ स्थापना गरेका हुन् ।

बडी पोजिटिभ, न्यूजील्यान्ड एड्स फाउन्डेशन र पोजिटिभ विमिन इङ्कले उक्त आयोजनाले मानिसहरूलाई एचआईभी सङ्क्रमणबारे सचेत बनाउने र सङ्कमित बिरामीमा हुने हीनताबोध कम गर्न सहयोगी हुने आशा लिएका छन् ।

सबै दाताहरू एचआईभी पोजिटिभ भए पनि सफल उपचारका कारण उनीहरूबाट विषाणुको सङ्क्रमण नहुने स्पष्ट पारिने उक्त ब्याङ्कले जनाएको छ ।

स्पर्म पोजिटिभ आफैँले नि:सन्तान उपचार क्लिनिक सञ्चालन गरेको छैन। तर वीर्य लिन इच्छुक व्यक्तिलाई उसले त्यस्ता क्लिनिकसँग उसले सम्पर्क गराइदिनेछ ।

तीन दातामध्येका एक डामिएन रुल-नीलले आफूलाई एचआईभी भएको जानकारी रोजगारदातालाई दिँदा हतोत्साह गरिएको र अन्तत: काम छाड्ने निर्णय गरेको रेडिओ न्यूजील्यान्डलाई बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १ : ३६ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड