प्रदेश नं–१ मा लगानी सम्मेलनको तयारी « Khabarhub

प्रदेश नं–१ मा लगानी सम्मेलनको तयारी


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं–१ मा लगानी सम्मेलनका लागि प्रदेश सरकार तयारीमा जुटेको छ ।

आउँदो वैशाखमा हुने सो सम्मेलनको निश्चित् मिति प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले तय गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

पहिलो पटक हुने सम्मेलनमा अपेक्षित लाभ लिन प्रदेश सरकार गृहकार्यमा जुटेको बताइएको छ । प्रदेश सरकारले लगानी सम्मेलनका लागि अहिले २६ योजना छनोट गरेको छ, भने यसमा थपघट हुनसक्ने सुवेदीको भनाइ छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहसँग थप आयोजना माग गरेर लगानी सम्मेलनमा योजना थपिने बताइएको छ ।

प्रदेश सरकारको सार्वजनिक, निजी, सहकारी र साभेदारी तथा लगानी प्राधिकरणको बिहीबार बसेको बैठकले वैशाखमा सम्मेलन गर्न उपयुक्त हुने सिफारिस गरेको छ । छनोट भएका केही आयोजनामा स्वदेशी लगानीकर्ताले पनि इच्छा प्रकट गरेका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिए ।

उनले तमोर–मेवा हाइड्रोपावर, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सगरमाथा बेसक्याम्पसम्म फास्ट ट्र्याक निर्माण, भूमिगत तार व्यवस्थापन, एक जिल्लामा एक औद्योगिक क्षेत्र निर्माण, रुम्जाटार स्मार्ट सिटी विकासलगायतका आयोजनामा लगानी गर्ने इच्छासहित निजी क्षेत्रले चासो देखाएको जानकारी दिए ।

उनले सगरमाथ बेसक्याम्पसम्म फास्ट ट्र्याकमा केवलकार, टनेल, ब्रीजलगायत ठाउँठाउँमा होटल, रिसोर्ट र स्की रिसोर्ट निर्माणका लागि लगानीकर्ता खोजी गर्ने तथा उनीहरुबाटै पूर्वसम्भाव्यता अध्ययन गराउने योजना रहेको बताए । सम्मेलनमा प्रदेश सरकारले दूधकुण्ड–नाम्जे–चौरीखर्क जोड्ने सगरमाथा केवलकार, जल परिवहनको सञ्चालन र उद्यानलगायतका कार्यमा सहज हुने कोशी रिभर पोर्ट निर्माण गर्न आह्वान गरिने बताइएको छ ।

प्रदेश सरकारले चतरा दोलालघाट जलमार्ग, धरानमूलघाट सुरुङमार्ग, नेपालको सबै भन्दा होचो भू–भाग केचना तथा विश्वकै सबैभन्दा अग्लो सगरमाथा फास्ट ट्र्याक मेघा सोलार इनर्जी प्रोडक्सन र हिमालयन टङ्कलाईन खानेपानी आयोजनालगायत लगानी सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरेको सचिव रेग्मीले प्रष्ट पारे । सम्मेलनले सफलता प्राप्त गर्न सकियो भने यो प्रदेशमा प्रतिव्यक्ति आयमा उल्लेखनीय वृद्धि हुने, रोजगारका प्रशस्त सम्भावना बढ्ने, विकास र समृद्धिको यात्रा पनि प्रारम्भ हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  २ : ३१ बजे

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ