कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित « Khabarhub

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेकी संज्ञाले २८९ मत प्राप्त गरे पनि निर्वाचित हुन सकिनन्।

संज्ञा यसअघि प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा समेत परेकी थिइन्। उनको नाम समानुपातिक सूचीमा समावेश भएपछि चौतर्फी विरोध भएको थियो। त्यसपछि उनले उम्मेदवारी फिर्ता लिएकी थिइन्।

उम्मेदवारी फिर्ता लिएपछि पनि संज्ञा कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी थिइन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भएकी थिइन्।

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भएपछि भने संज्ञा पार्टी गतिविधिमा तुलनात्मक रूपमा कम सक्रिय देखिएकी थिइन्। यद्यपि, उनले थापा नेतृत्वलाई समर्थन गर्दै आएको बताइँदै आएको छ।

कांग्रेसले यही असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। महाधिवेशनलाई लक्षित गर्दै पार्टीका विभिन्न समूहले आ–आफ्ना गतिविधि तीव्र बनाएका छन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर गतिविधि अघि बढाइरहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १२ : १९ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ