ए डिभिजनको खेलतालिका सार्वजनिकप्रति मनाङ र च्यासल युव क्लबको विरोध | Khabarhub Khabarhub

ए डिभिजनको खेलतालिका सार्वजनिकप्रति मनाङ र च्यासल युव क्लबको विरोध


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही मंसिर २८ गतेदेखि शुरु हुने भनेर तय गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको ‘टाइसिट ड्र’ (खेलतालिका सार्वजनिक) प्रति २ क्लबहरुले विरोध जनाएका छन् ।

साविक विजेता मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबले प्रतियोगिताको नियमावली नै सार्वजनिक नभइ खेलतालिका सार्वजनिक गर्न लागिएको भन्दै विरोध जनाएका हुन् ।

अखिल नेपाल फुटबल संघले यो वर्षका ए डिभिजन लिगका लागि शुक्रबार खेलतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलतालिका सार्वजनिक गर्ने कार्यक्रम शुरु हुनेवित्तिकै मनाङ र च्यासलका पदाधिकारीहरुले प्रतियोगिताको नियमावलीबारे प्रश्न गरेका थिए ।

जवाफमा एन्फाका महासचिव इन्द्रमान तुलाधरले आइतबारसम्म नियमावलीको टुंगो लगाउने जानकारी दिएका थिए ।

तर, मनाङ र च्यासका पदाधिकारीहरुले भने प्रतियोगिताको नियमावली नै पारित नभइ खेलतालिका सार्वजनिक गर्न नपाइने भन्दै विरोध जनाएका हुन् ।

एन्फाले शुक्रबार नै खेलतालिका सार्वजनिक गर्ने आफ्नो पूर्वनिर्धारित कार्यक्रमबाट पछि हट्न नसकिने जनाएपछि मनाङ र च्यासलका पदाधिकारीहरु कार्यक्रमबाट बाहिरिएका छन् ।

आगामी मंसिर २८ गतेदेशि शुरु हुने भनेर तय गरिएको ए डिभिजन लिगमा १४ टीम सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : २१ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक