साझा यातायातका लागि विद्युतीय बस खरिद गर्ने प्रक्रिया अन्योलमा « Khabarhub

साझा यातायातका लागि विद्युतीय बस खरिद गर्ने प्रक्रिया अन्योलमा


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन । बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको ३ अर्बको शेयर खरिद गरेको पाँच महिना बित्दासमेत खरिद प्रक्रिया अन्योलमा छ ।

सरकारले दिएको ‘स्पेसिफिकेशन’ (कस्तो बस खरिद गर्ने भन्ने विवरण) र साझाले बस खरिदका लागि गरेको तयारीमा फरक देखिएको भनी दशैँ पहिले खरिद प्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालय र संस्थाबीच दुईपटक बैठक भए पनि टुङ्गो लाग्न नसकेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए ।

उनका अनुसार बस खरिद साझामार्फत नै गरिने भए पनि कुन रूपमा गर्ने भनी टुङ्गो लाग्न नसकेको हो । उनले भने, ‘आगामी बैठकबाट बाँकी विषय टुङ्ग्याएर बस खरिद प्रक्रिया अघि बढाइनेछ ।’

काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझाले नेपाल सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरिद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो ।

विद्युतीय बस खरिदका लागि प्रदेश नं ३ ले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोडको शेयर खरिद गरेका थिए । ललितपुर महानगरपालिका र साझा आफैँले रु दुई करोड ५० लाख लगानी गरेर विद्युतीय बस खरिद गर्ने बताइएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : ४४ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल