साझा यातायातका लागि विद्युतीय बस खरिद गर्ने प्रक्रिया अन्योलमा « Khabarhub

साझा यातायातका लागि विद्युतीय बस खरिद गर्ने प्रक्रिया अन्योलमा


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन । बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको ३ अर्बको शेयर खरिद गरेको पाँच महिना बित्दासमेत खरिद प्रक्रिया अन्योलमा छ ।

सरकारले दिएको ‘स्पेसिफिकेशन’ (कस्तो बस खरिद गर्ने भन्ने विवरण) र साझाले बस खरिदका लागि गरेको तयारीमा फरक देखिएको भनी दशैँ पहिले खरिद प्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालय र संस्थाबीच दुईपटक बैठक भए पनि टुङ्गो लाग्न नसकेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए ।

उनका अनुसार बस खरिद साझामार्फत नै गरिने भए पनि कुन रूपमा गर्ने भनी टुङ्गो लाग्न नसकेको हो । उनले भने, ‘आगामी बैठकबाट बाँकी विषय टुङ्ग्याएर बस खरिद प्रक्रिया अघि बढाइनेछ ।’

काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझाले नेपाल सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरिद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो ।

विद्युतीय बस खरिदका लागि प्रदेश नं ३ ले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोडको शेयर खरिद गरेका थिए । ललितपुर महानगरपालिका र साझा आफैँले रु दुई करोड ५० लाख लगानी गरेर विद्युतीय बस खरिद गर्ने बताइएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : ४४ बजे

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको