मोटरसाइकल ओभरटेक गरेको निहुमा युवकको हत्या गर्ने ४ जना पक्राउ « Khabarhub

मोटरसाइकल ओभरटेक गरेको निहुमा युवकको हत्या गर्ने ४ जना पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्नगर– कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीर्यय दीपक पन्तको कुटेर हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई शुक्रबार सार्वजनिक गरेको छ ।

अभियुक्त चारै जनाले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

पन्तको बिहीबार छिमेकीको मोटरसाइलमा बुवा बिशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका–४ गोवरियास्थित सडकमा चारै जनाले दीपकसँग विवाद गरी कुटपिटसँगै चक्कु प्रहार गरेका थिए ।

दीपकको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु एक थान, से१प ३७७८ नंको मोटरसाइकल र म३प १०७० नंको स्कुटी बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरु चारै जनाले मादक पदार्थ र लागू औषध सेवन गरेका थिए । पक्राउ परेकाहरुले आफूहरुको मोटरसाइकल ओभरटेक गरेपछि ‘रिस उठेका कारण’ दीपकको हत्या गरेको बयान दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ४ : ०२ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि