संविधान संशोधनको मिशन पूरा गर्न समाजवादी पार्टी सरकारमा– उपप्रधानमन्त्री यादव « Khabarhub

संविधान संशोधनको मिशन पूरा गर्न समाजवादी पार्टी सरकारमा– उपप्रधानमन्त्री यादव


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिशन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र संसदीय पत्रकार समाजसँग शुक्रवार भएको संयुक्त पत्रकार भेटमा उपप्रधानमन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति भएको हुँदा सो कार्यान्वयन गर्ने बेला आएको बताए ।

उनले भने, “संविधान संशोधन मुलुकको आवश्यकता हो, प्रदेशलाई कमजोर बनाएर सङ्घीयता बलियो हुँदैन, पार्टीको मुख्य मिशन नै संविधान संशोधन हो ।” उपप्रधानमन्त्री यादवले वार्ताबाटै समाधान खोज्ने पक्षमा आफूहरु रहेको बताए ।

कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि संविधान अनुकूलका कानूनहरु कार्यान्वयन भए/नभएको अध्ययन गर्ने र बाँकी रहेका कानूनहरु सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर बनाउने उनको भनाइ थियो । उपप्रधानमन्त्री यादवले सङ्क्रमणकालीन न्यायलाई पनि आफूले प्राथमिकतामा रहेको उल्लेख गर्दै ऐन संशोधन गर्ने विषयमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री यादवले यही मङ्सिर ९ गते कानून मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका थिए । समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा उनलाई स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ५ : ३४ बजे

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको