गढीमाईमा बली चढाउन भारतबाट ल्याइने पशुलाई नरोक्न स्थानीयको आग्रह | Khabarhub Khabarhub

गढीमाईमा बली चढाउन भारतबाट ल्याइने पशुलाई नरोक्न स्थानीयको आग्रह


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– गढीमाई मेलामा बलि चढाउनका लागि भारतबाट ल्याउने पशुहरुलाई पशुअधिकारकर्मीले सीमामा रोक्ने गरेको कामले समस्या सिर्जना हुने भन्दै स्थानीयहरुले ५ दिनका लागि नरोक्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, सांसद, प्रदेशसभा सदस्य, पालिका प्रमुखहरु, जिल्ला समन्वय समितिका पदाअधिकारीहरुले स्थानीय जनता र पशुअधिकारकर्मीबीच बलि रोक्ने विषयमा उग्ररुप लिई सुरक्षा चुनौती थप्न सकिने भन्दै कम्तीमा पनि भारतबाट ल्याइने राँगा, बोकालाई नरोक्न आग्रह गरे ।

सर्वाेच्च अदालतले पशु बलिलाई निरुत्साहित गर्न निर्देशनात्मक आदेश गरे पनि धार्मिक आस्थासँग जोडिएको पशु बलिलाई एकाएक रोक्दा दुर्घटना हुने सम्भावना उत्तिकै रहेको सांसद रामसहाय यादवले बताए । सीमामा गई पशु बलि रोक्न जाँदा अभियानकर्मीहरु थोरै हुने तर मान्छेको हुल धेरै हुने हुँदा सो हुललाई रोक्न पनि समस्या सिर्जना हुन्छ भन्दै सांसद रामबाबु कुमार यादवले खाली मेलाको समयमा आएर रोक्नुभन्दा सधैँ यसको वकालत, पहलकदमी र जनचेतना जगाइराख्दा पशु बलि निरुत्साहित हुँदै जाने बताए ।

गढीमाई मेलामा मात्र नभई दशैँ, होली, रमजान, कुरवानी जस्ता पर्वहरुमा पनि पशु बलि दिने गरेको हुँदा त्यसलाई पनि रोक्न पशुअधिकारकर्मीहरुको ध्यान जान जरुरी रहेको जिल्ला समन्वय समितिका सहसंयोजक पवनकुमार व्याहुतले बताए ।

भाकल गर्नेहरुले बोका, राँगा किनिसकेको हुँदा उनीहरुको मनोकाङ्क्षालाई बुझ्नु जरुरी छ भन्दै प्रदेशसभा सदस्य पारस साहले अहिले पशु बलि रोक्नुभन्दा ठाउँठाउँमा पर्चा, पम्पप्लेट, ब्यानरहरु लगाई मेलामा शिविर सञ्चालन गरेर जनचेतना बढाउनुपर्ने बताए ।

मेलामा भारतीयहरुलाई आवतजावतमा सहज बनाउन प्रशासनले चेकजाँच खुकुलो पार्न र खुद्रा समानलाई भन्सार नकाटी सहजरूपमा आउने वतावरण बनाउन प्रहरी प्रशासन लचिलो हुनुपर्ने पूर्वसांसद प्रमोद गुप्ताले बताए । सस्तो र लोकप्रियताका लागि समाजमा असर पर्ने र त्यसबाट खतरा सिर्जना हुने खालका गतिविधि पशुअधिकारकर्मीहरुबाट हुनु राम्रो पक्ष नभएको रामकिशोर यादवको भनाइ थियो ।

यता पशु कल्याण सङ्घ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले घुमाउरो पारामा आफूहरुको हौसलालाई दबाउन खोजेको बताइन् । बारा महिला विकास मञ्चका अध्यक्ष कलावती पासवानले आफूहरु बलि पूर्णरूपमा बन्द गर्नुपर्ने पक्षमा नरहेको तर चेतना जगाउँदा पनि अवरोध हुनु दुःखद भएको बताइन् । विभिन्न प्रकारको लाञ्छना लगाई कसैको चरित्रलाई बदनाम गर्न कसैलाई छुट नरहेको उनको भनाइ थियो ।

केही दिनदेखि पशुअधिकारकर्मीहरुले नेपालको सीमा खासगरी मटियर्वा, सिम्रौनगढ, बस्तपुर, छतवा, मुसहरवा र रौतहटको बङ्कुलमा भारतबाट आउने पशुमा रोक लगाउने अभियान सञ्चालन गरी स्वयंसेवक परिचालन गरेकामा सर्वसाधारणको गुनसोका अधारमा आफूले पहल गरी पशुअधिकारकर्मी, सांसद, विधायकहरुलाई डाकेको प्रजिअ फनिन्द्रमणि पोखरेलले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : १० बजे

स्ववियु निर्वाचन : छैन केन्द्रको हस्तक्षेप, क्याम्पसले पाए गठबन्धनको अधिकार

काठमाडौं – विद्यालयका शैक्षिक समस्या समाधान गर्ने, विद्यार्थीको सामाजिक मुक्ति,

लमजुङमा भूकम्पको धक्का

लमजुङ– लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान

देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश

पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग 

धनगढी– समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार

माओवादीको ‘तराई मधेश जागरण अभियान’ आजदेखि, वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात

काठमाडौं– नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु