महिला एकल उपाधीका लागि प्रेरणा र सलोनी भिड्ने « Khabarhub

महिला एकल उपाधीका लागि प्रेरणा र सलोनी भिड्ने


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्की जिल्ला टेनिस सङ्घको आयोजना जारी १७ औँ ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधिका लागि शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ भिड्ने भएका छन् ।

पोखरा रङ्गशालामा शनिबार भएको वुमन्स ओपनको सेमिफाइनल खेलमा जित हासिल गर्दै कोइराला र तामाङले उपाधि भिडन्त गर्ने भएका हुन् ।

सेमिफाइनलमा प्रेरणाले भगवती विकलाई ५–० र रिटायर्ड हर्टमा पराजित गरिन भने सलोनीले गङ्गा शर्मालाई ६–०, ६–२ ले पराजित गरिन ।

प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको एकलमा डिफेण्डिङ च्याम्पियन कमल भण्डारी, छेवाङ लामा, राजु श्रेष्ठ र सिमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाए । कमलले भीष्मजङ्ग गुरुङलाई ६–१, ६–३ ले, छेवाङले लक्ष्मण लामालाई ६–१, ६–१ ले, राजुले नवीन चालिसेलाई ६–२, ६–१ ले तथा सिमान्तले अनिल सेन्चुरीलाई ७–५, ६–२ ले पराजित गरे ।

त्यस्तै ४५ वर्षमाथिका एकलमा विमल गुरुङ र गोपी भट्टराई फाइनल प्रवेशका लागि आमनेसामने हुनेछन् । विमलले प्रताप मोक्तानलाई ६–४, ६–४ ले तथा गोपीले अमृत कार्कीलाई ६–३, ६–३ ले पराजित गरे । सोही उमेर समूहको अर्को खेलमा अनु जोनले धरमबहादुर लामिछानेलाई ६–१, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।

प्रतियोगिताको ५५ वर्षमाथिको एकलमा कमल थापाले ध्रुव गुरुङलाई ६–३, ७–५ ले, अनिल तुलाचनले इब्राहिम मुस्लिमलाई ७–६, ६–२ ले, मनोज राणाले समिर शेरचनलाई ६–१, ६–० ले तथा प्रदीप शाहले राजकुमार गुरुङलाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित पारे ।

३५ वर्षमाथिको डबल्स उपाधिका लागि कमल भण्डारी र राजु श्रेष्ठ (स्विड वे) को जोडीले सिमान्त गुरुङ र राजु श्रेष्ठ (गोर्खा) सँग खेल्ने भएको छ । कमल जोडीले छेवाङ लामा र चिरायजङ्ग थापाको जोडीलाई तथा सिमान्त जोडीले शरण गुरुङ र राजन पौडेलको जोडीलाई पराजित गरेको हो ।

त्यसैगरी ४५ वर्षमाथिको डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले मनोज राणा र विमल गुरुङको जोडीसँग फाइनल खेल्नेछ । भट्टराई जोडीले दोर्जे लामा र अनु जोनको जोडीमाथि ५–२ र रिटायर्ड हर्टको नतिजा निकालेको हो भने राणा जोडीले वाकओभर पाएको थियो ।

प्रतियोगिताको ५५ वर्षमाथिको डबल्सतर्फ कमल थापा र झ्याम्बा ढुण्डुप जोडीले सोभितमान श्रेष्ठ र पृथ्वीमान थकालीको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान बनायो ।

समीर शेरचन र अनिल तुलाचनको जोडीले प्रदीप शाह र राम रानाको जोडीलाई पराजित गर्दै थापा जोडीसँग उपाधिका लागि निश्चित गरेको छ । ६५ वर्षमाथिको एकलमा छेतन नर्केलले मेजर लक्ष्मीप्रसाद गुरुङलाई पराजित गरेको प्रतियोगिता संयोजक कुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ७ : ३५ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।